News Portal

इन्डोनसियामा शक्तिशाली भूकम्प गयाे

हिमाली संचार संवाददाता
६२७ पटक

एजेन्सी -इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार ६.२ म्याग्नीच्युडको भूकम्प आएको छ । शक्तिशाली भूकम्प आएपनि कुनै क्षति विवण प्राप् भइनसकेको र  सुनामी चेतावनीको ना जारी नगरिएको अधिकारीहरुलेजनाएका छन् ।

अमेरिकी भूगर्भ विभागकाअनुसार सुमात्रादेखि पश्चिमतर्फ पर्ने सिमेउलु टापुमा केन्द्रविन्दु भएर भूकम्प आएको हो । इन्डोनेसियाली मौसम तथा भूभौतिक विभागले पनि सुनामीको चेतावनी नरहेको स्पष्ट पारेको समाचारमा जनाइएको छ ।

भूकम्पपछि स्थानीय वासिन्दा त्रसित भएका छन् भने भूकम्पको झट्का महसूस गर्ने वित्तिकै स्थानीयवासी घरबाहिर दौडिएका थिए । ‘हामीले अहिले सामुद्रिक किनाराको अवलोकन गरिरहेका छौँ, सामुिद्रक पानीको चाल कस्तो छ भन्ने हेरिरहेका छौँ,’ एक स्थानीयवासीले एएफपी समाचार समितिलाई बताएका छन् । कुनै मानवीय क्षति र भौतिक संरचना क्षतिको विवरण अहिलेसम्म प्रान्त नभएको अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियामा यस्ता भूकम्प, ज्वालामुखी र आँधी बेला बेलामा आइरहने गरेको छ । यसअघि सन् २०१८ मा सुलावेसी टापूमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र सुनामीका कारण २२ सय भन्दाबढीको मृत्यु भएको थियो भने, एक हजारभन्दा बढी बेपत्ता भएका घोषणा गरिएको थियो । –एएफपी

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...