News Portal

श्री ग्राम लक्ष्मी बचत सहकारीकाे १०औं वार्षिक साधारणसभा सम्पन्न

हिमालीसंचार डटकमकर्मी बराल सम्मानित !

हिमाली संचार संवाददाता
३८९ पटक

रबिन्द्र बराल : श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था काे १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेली नगरपालिका ६ स्थित अाधारभुत बिधालय मधुवनी मा उक्त साधारणसभा गरिएको थियो। साधारणसभामा आर्थिक बर्ष ७६ /७७ को आयव्यय प्रस्तुत गरिएको थियो।

संस्थाले कुल १ करोड १५ लाख १९ हजार ८६ रुपैयाँ कूल आम्दानी गरी १७ लाख ७७ हजार ६ सय ५१ रुपैया खर्च गरेको छ। उक्त संस्थामा ३ सय ५५ जना सदस्य रहका छन।

संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका , धनपालथान गाउँपालिकाका े क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ ।

सहकारीले हिमाली संचार डटकम रंगेलीका सम्वादाता रबिन्द्र बराललाई सम्मान गरिएको छ।
त्यसैगरी यस बर्षकाे see परिक्षामा उत्कृष्ट अंक प्राप्त गरेका एक जना छात्र ,छात्रा उत्कृष्ट बचत कर्ता, तथा बिभन्न संस्थाहरुका अग्रजहरुलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथी माेरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा का सदस्य शिव कुमार मंन्डल, विशिष्ट अतिथि भाेगेन्द्र यादव , अशाेक मंन्डल, उषा मंन्डल, जीवन बिकास उपाध्यक्ष भरत लाल बहरदार,बल बहादुर अधिकारी , लगायतको उपस्थिति समेत रहेको थियोे ।

कार्यक्रममा संबाेधन गर्दे अतिथिहरुले गाउँ घरमा रहेको सहकारीले गरिव र अार्थिक स्थित न्यून भएको घरपरिवारलाई सस्तो व्याजदरका ऋण उपलब्ध गराएकाे मा धन्यवाद समेत दिएका छन ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...