News Portal

निर्मला पन्त बलात्कार प्रकरण : यसरी पक्राउ परे उभियुक्त विष्ट 

हिमाली संचार संवाददाता
९०२ पटक

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने कार्यमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारपछि हत्या गर्ने कार्यमा संलग्न दिलीप कुमार विष्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–२ उल्खाटाम स्थायी घर भएकी कक्षा ९ मा अध्ययनरत पन्तको बलात्कारपछि हत्या भएसँगै कञ्चनपुर प्रहरी र केन्द्रिय अनुसन्धान ब्युरोले संयुक्त रुपमा अनुसन्धान शुरु गरेको थियो । गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव उखुबारीमा भेटिएको थियो ।

‘घट्नाको मुख्य अभियुक्त दीलिप कुमार विष्ट नै भएको अनुसन्धानबाट खुलेको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘घटनास्थलबाट ५० मिटरको दूरीबाट विष्टलाई पक्राउ गरेका छौं, थप अनुसन्धान भइरहेको छ ।’

सोमबार साँझ पत्रकार सम्मेलन गरेर हत्या आरोपी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले घटना घटेको २५ औं दिनमा विष्टलाई पक्राउ गरेको हो । अभियुक्त विष्ट निर्मलाको छिमेकी गाउँका स्थायी बासिन्दा हुन् । नेपालपथबाट

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...