News Portal

डेढ सय घरलाई एउटा पानी पिउने धाराे

हिमाली संचार संवाददाता
४९३ पटक

प्यूठान — झिमरुक गाउँपालिका–६, मर्काबाङकी ६० वर्षीया नुमीदेवी नगरकोटी बिहान ४ बजे उठेर पँधेरामा पुग्छिन् । पानी भरेर फर्किंदा ७ बजिसकेको हुन्छ । छोराछोरीलाई खाना पकाएर स्कुल पठाउन हतार हुन्छ ।

‘पानीका लागि लाइन बस्नुपर्छ,’ उनले भनिन्, ‘चैत/वैशाखमा घण्टौं कुरेर भर्नुपर्छ ।’ यस गाउँका १ सय ५० परिवारले पानी भर्ने एउटामात्रै धारो छ । त्यसैले भीड हुने गरेको नगरकोटीले बताइन् । ‘राति पनि धारो खालीहुँदैन,’ उनले भनिन्, ‘अन्यत्र पानी भर्ने विकल्प छैन ।’

पानीका लागि सधैंभरि झगडा हुने गरेको स्थानीय सुशीला नगरकोटीले बताइन् । ‘सबैलाई पानी घर पुर्‍याएर अन्य काममा लाग्न हतारो हुन्छ,’ उनले भनिन्, ‘पालो मिच्यो भने झगडा भइहाल्छ ।’ यहाँका स्थानीयले वर्षौंदेखि खानेपानीको समस्या भोगिरहेका छन् । उनीहरू एक घर एक धारो माग गर्छन् । ०४६ सालमा निर्माण भएको मान्द्रेढुंगा–मर्काबाङ–तोरबाङ खानेपानी आयोजना जीर्ण भएर धारामा पानी आउन छाडेदेखि खानेपानी समस्या भएको स्थानीय निमलाल नगरकोटीले बताए । योजना पुन:सञ्चालनमा ल्याउन स्थानीयले नेताहरू गुहारे पनि अहिलेसम्म कतैबाट पहल नभएको गुनासो नगरकोटीले गरे । खानेपानी मर्मत गर्न जाँदा भीरबाट लडेर एक जना स्थानीयको ज्यानसमेत गएको उनले बताए । ‘निर्वाचनका बेला सबैले घरघरमा धारा ल्याइदिन्छौं भन्दै भोट माग्छन्,’ उनले भने, ‘चुनाव जितेर गएपछि फर्केर हेर्दैनन् ।’ स्थानीयले घण्टौं लगाएर पँधेराबाट पानी ओसार्नुपर्ने दुखेसो सुनाउँछन् ।

‘सात वर्षअघिसम्म योजनाअन्तर्गतको गाउँको सामूहिक धारामा पानी आउँथ्यो,’ स्थानीय लोकबहादुर नगरकोटीले भने, ‘अहिले पानीका धारासमेत जीर्ण भएर भत्किसकेका छन् ।’ साबिकको ओखरकोट गाविसको चुधारा भन्ने ठाउँबाट सात किलोमिटर दूरीको योजना बिग्रेपछि स्थानीयले पानीको समस्या भोगेको नगरकोटीले बताए । ‘धारापानी पँधेराबाट लिफ्ट गरेर पानी खान्छौं भनेर गाउँपालिका हुँदै खानेपानी डिभिजन कार्यालयमा धेरैपटक धायौं,’ उनले भने, ‘अहिलेसम्म हाम्रो मागको कतैबाट सुनुवाइ भएको छैन ।’

मर्काबाङ तोरबाङ नेटामा खानेपानीको चरम अभाव भएकाले पुरानो क्रमागत योजना बदर गरेर नयाँ योजनाको माग गरेको वडाध्यक्ष निमानसिंह जीसीले बताए । गाउँपालिकाबाट प्रदेश, मन्त्रालयसम्म फाइल पुर्‍याएको जीसीले बताए । ‘पुरानो योजना धेरै जीर्ण भइसकेको छ,’ उनले भने, ‘स्थानीयको मागअनुसार यहाँ नयाँ योजना नै चाहिन्छ ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...