News Portal

  • स्वदेशमै पौरख गरे बिदेश जानु पर्दैन : टेकराज जोशी

    हिमाली संचार संवाददाता
    ५३३ पटक

    काठमाडौँ : विद्यार्थी नेता टेकराज जोशी नमूना कृषि फर्म बनाउने योजनाका साथ व्यवसायिक गाईपालनमा लागेका छन्।

    नेता जोशी काठमाडौँको काँडाघारीमा ‘स्वस्तिक बहुउद्देश्य कृषि तथा काउ फार्म प्रा.लि.’ सञ्चालनमा ल्याएर सातवटा गाई र केही संख्यामा टर्की पालन गरी कृषि क्षेत्रमा लागेको हुन्।

    सात वटा गाईबाट दैनिक १०० लिटर दुध उत्पादन हुने गरेको छ। उत्पादन भएको दुध स्थानीय स्तरमै खपत हुन्छ। दैनिक रुपमा गाईले दिने दुधको ४० प्रतिशत खर्च कटौती गरेर ६० प्रतिशत बचत हुने गरेको सञ्चालक जोशीको भनाई छ।

    सुरुमा ६ लाखबाट सुरु गरेको व्यवसायिक गाईपालन नौ महिनाको हाराहारीमा अहिले राम्रो आम्दानीको स्रोत बनेको छ।

    जोशीका अनुसार, गाईको लागि उपलब्ध घाँस, भुषा, मकैको पिठो, गँहुको चोक्कर दिनमा ३ पटक खुवाउनुपर्छ। यो गाई फार्ममा उनको परीवार नै क्रियाशिल रहेको छ।

    कुनै व्यक्तिले नेपालमा नै ४ वटा गाई पालन गर्न सकेमा बैदेशिक रोजगारमा जानु नपर्ने र नेपालमै आत्मनिर्भर बन्न सकिने उनले अनुभव सुनाए। उनि भन्छन्, स्वदेशमै पौरख गरे परदेश जानु पर्दैन, तर राज्यले कृषिमा विशेष पहल लिनु जरुरी छ।

    दैनिक पन्ध्र सय युवाहरूलाई खाडी पठाउनको साटो उपयुक्त बाताबरण निर्माण गरि ‘’सुखी नेपाली समृद्ध नेपाल’’को नारालाइ साकार पार्न सरकार अघि सर्न पर्यो। राज्यले किसानमैत्री वातावरण सिर्जना गर्न नसकेको हुँदा कृषकहरुलाई केही समस्या भएको उनले बताए।

    हाल नेपालमा कृषि गर्नको लागि उपयुक्त वातावरण, ज्ञानशिप, अभिबृद्धि गर्नको लागि राज्य उदासिन देखिएको हुँदा समस्या परेको छ। विचौलियाहरुको कारण पनि समस्या उत्पन्न भइरहेको उनले सुनाए।

    राजनीतिकर्मीहरुले नै कृषि पेसालाई मर्यादित र नमूना बनाउन अग्रसर हुनुपर्छ भन्ने उद्देश्यका साथ कृषिमा अघि बढेको उनको भनाइ छ।

    नेपालमा दैनिक रुपमा स्थानिय उत्पादनलाई जोड दिनुपर्छ भन्ने जोशीको उदेश्य देशकै नमूना कृषि फर्म बनाउने रहेको छ।

    को हुन् जोशी ?

    टेकराज जोशी डडेलधुराका हुन्। उनले डिल्लीबजारको विजय स्मारक उच्च माध्यमिक विद्यालयबाट उच्च शिक्षासम्मको अध्ययन पुरा गरे। स्कुल जीवनदेखि नै राजनीति सुरु गरेका जोशी तत्कालिन नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको विजय स्मारक सभापति हुँदै काठमाडौं क्षेत्र नम्बर १ को इन्चार्ज समेत भएका थिए।

    सहयोगी मनका धनी, स्पष्टवक्ता, हक्की स्वभाव अनि मिलनसार जोशी आफैलाई पढाउने शिक्षक, विद्यार्थी र अविभावकको मन जित्दै आफुले अध्ययन गरेको विद्यालय विजय स्मारक उच्च मा.वि.को ब्यबस्थापन समितिको अध्यक्ष समेत भए। उनले ब्यबस्थापन समितिको अध्यक्षको एक कार्यकाल सफल रुपमा सम्पन्न गरिसकेका छन्।

    अनेरास्ववियुका नेता तथा नेकपा काठमाडौं सुदुरपस्चिम प्रदेश समिति सदस्य समेत रहेका जोशी देशकै नमूना कृषि फर्म बनाउने उदेश्यसहित व्यवसायिक गाईपालनमा लागेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...