News Portal

  • कुवेतमा फेरि ३२ नेपाली अलपत्र, घर फर्किन पाऊँ भन्दै दूतावासको शरणमा पुगे

    हिमाली संचार संवाददाता
    ६३३ पटक

    भूपराज बस्याल
    काठमाडौं १४, २०७६ पौष : कुवेतस्थित नेपाली राजदूतावासमा ३२ युवा घर फर्किन पाऊँ भन्दै केही सातादेखि शरणमा छन्। काठमाडौंको सामाखुसीस्थित एसआरके नेपाल म्यानपावरमार्फत हल्का सवारी चालकको जागिर खान त्यहाँ पुगेका नेपाली युवा तोकिएअनुसारको काम नपाएपछि अलपत्र परेका हुन्।

    ‘आएको तीन महिनासम्म कुर्दा पनि भनेको काम नदिएपछि हामी आफ्नै मुलुकको राजदूतावासको शरणमा जान बाध्य भयौं’, बिहीबार कुवेतबाट नेपाल फर्किएका प्युठानका जंगवीर सुनुवार र रोल्पाका मतिवीर पुन मगरले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘हामी त आयौं, तर त्यहाँ हाम्रा साथी अलपत्र छन्।

    त्यहाँ रहेका सबै नेपाली पीडामा रहेको र दूतावासलाई निवेदन दिँदासमेत सुनुवाइ हुन नसकेपछि ६ दिनको जरिवाना शुल्क तिरेर आफूहरू नेपाल फर्किएको सुनुवार र मगरले बताउनुभयो।भिजिट भिसाको तीन महिने म्यादसम्म कुनै काम नदिएको र भिसा प्रक्रिया पनि शुरू नगरेपछि आफूहरू नेपाल फर्किएको उहाँहरूको भनाइ थियो।

    गएका ३२ जनामध्ये मात्र नौ जना कामदारको भिसा लागेको र अरू कसैको तीन महिने भिसा सकिसकेको त कसैको सकिन लागेको हुँदा उनीहरूले नेपाल फिर्तिका लागि हारगुहार गरेका हुन्।

    फर्किएका सुनुवारले एक लाख ५० हजार र मगरले एक लाख ६० हजार रुपियाँ म्यानपावरलाई बुझाएको बताउनुभयो। साहुसँग ब्याजमा पैसा लिएर विदेश गई कमाएर घर परिवार पाल्ने आशाका साथ विदेश गइयो, अहिले समस्या परेर फर्कनुपरेको छ।

    दुवै जनाको गुनासो थियो। महिनाको १२० केडी (कुवेती रुपियाँ) तलब दिने भनेर गएको आउने बेलासम्म जम्मा ४० केडी मात्रै दिएको गुनासो गर्दै यसले ब्याज तिर्न पनि नपुग्ने उहाँहरूको भनाइ थियो।

    इन्फा गल्फ कुवेत फर जनरल ट्रेडिङ मेसिनरी एन्ड एकुप्मेन्ट कम्पनीमा गएका युवाहरू निवेदन लिएर राजदूतावास जाँदा उक्त कम्पनी ब्लाक लिस्टमा परेको हुँदा भिसाको प्रक्रिया हुन नसकेको उहाँहरूले जनाउनुभयो।

    गएका ३२ जनामध्ये चार जना फर्किसकेको र बाँकी पनि उद्धारको पर्खाइमा बसेको नेपाल फर्किएका पीडितहरूको गुनासो छ।

    यता मेनपावर कम्पनी सञ्चालक किशोर केसी भने पीडितले भनेजस्तो केही नभएको र दुई वर्षसम्म म्यानपावरकै जिम्मा हुने हुँदा कुवेतमा रहेकाहरू अवैध हुन नदिने बताउनुहुन्छ।

    केसीले भन्नुभयो– ‘हामीले दूतावासले प्रमाणीकरण गरेको डिमान्डमा कामदार पठाएका हौं। त्यसैले उनीहरू समस्यामा पर्ने कुरा हुँदैन।’ नेपाल फर्किएका कामदार भने आइतबार वैदेशिक रोजगार विभागमा मुद्दा हाल्न जाने तयारीमा रहेका छन्। (नेस)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

    काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा...

    एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित...

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...