News Portal

  • युएर्इको जेलबाट खड्कबहादुरलाई मुक्त गरिदिन परिवारको आग्रह

    हिमाली संचार संवाददाता
    ६६५ पटक

    युएई । तेह्रथुम जिल्ला फेदाप-२ ओयाक्जुङका खड्कबहादुर जोगी  करिब ४ वर्षअघिदेखि युएईको जेलमा छन् ।

    अबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको फिलिपिन्सको सहकर्मीलाई बचाउन सहयोग गर्ने क्रममा फसेको उनकी श्रीमती डम्बरकुमारी जोगीले बताइन् ।

    सन् २०१४ मे ६ का दिन जोगी चढेको गाडीबाट फिलिपिनी सहकर्मी अचानक खसेपछि खड्कबहादुरले साथीलार्इ उठाएर आफ्नो कम्पनीको सुपर भाइजरलाई घटनाबारे जानकारी दिएका थिए ।

    सुपरभाइजरले कम्पनीको अर्को गाडी मगाई हस्पिटल पठाउनु भन्ने निर्देशन दिएको र सोही अनुसार घाइते फिलिपिनोलाई उठाएर हस्पिटल पु¥याएप५ मृत्यु भएको थियो ।

    घाइतेको निधन भएको रात १२ बजेतिर जोगीलाई यएर्इ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका थालेको थियो । घाइते मित्रलाई बचाउनका लागि जोगीले गरेको प्रयास नै अपराध आरोपित भएपछि जोगी पक्राउ परे । उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान निरन्तर दिइरहेका छन् । तर, जोगीलाई स्थानीय अदालतले हत्याको आरोप लगाएको छ । यो मुद्दामा अदालतले ५ वर्ष कैद र युएई दिराम २ लाख (करिब ६० लाख नेपाली रुपैयाँ) निज मृतक फिलिपिनोको परिवारलाई बुझाउनु भन्ने निर्णय गरेको छ ।

    नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदुत सागरप्रसाद फुयालले जोगीले सन् २०१९ को  मार्च सम्म जेल बस्नुपर्ने र अदालतले निर्देशन गरेअनुसार २ लाख दिराम जम्मा गर्नुपर्ने बताएका छन्। अदालतले तोकेको ब्लडमनी सम्बन्धित स्थान र समयमा जम्मा नगरेमा ५० वर्षीय जोगीलाई मृत्युदण्ड हुने उनकी श्रीमती डम्मरकुमारीले रुदै बताइन् । बि.स. २०७० सालमा युएई आएका जोगी २०७१ सालदेखि अबुधाबीको अल वातब जेलमा कैदी जीवन बाचिरहेका छन् ।

    खड्कबहादुरको मुक्तिका लागि पहल सुरू

    इजरायलमा रहेका सामाजिक अभियन्ता तथा संचारकर्मी देव बास्कोटाले यो विसयमा आवाज उठाएपछि जोगी बचाउ अभियान गाउँस्थरबाट सरु हुन लागेको आफन्त कुमार गिरीले बताएका छन्  ।

    युएईको नेपाली समुदायमा करिबकरिब अज्ञात रहेको यो विसयको बारेमा चर्चा सुरु हुन थालेको छ । तेह्रथुम जिल्ला प्रशासनमा गएर जोगीका लागि आवस्यक कागजात तयार पार्न लागिएको नेपाल बिदामा रहेका बास्कोटाले बताए ।

    अति निम्न वर्गीय परिवारका जोगीका घरमा श्रीमती सहित २ छोरी, ८० वर्षीया आमा र बुबा गरी ६ सदस्य छन् ।बिहानबेलुकाको छाक टार्न समेत मुस्किल पर्ने यो परिवारले ६० लाख रुपैयाँ जम्मा गर्न असम्भव भएकोले  विश्वभरिबाट सहयोगको औपचारिक अपील गरिने परिवारका सदस्य गिरीले बताएका छन् ।

    तेह्रथुमका समाजसेवी, बुद्धिजीवी र परिवारका सदस्यसहितको एक उद्दार समिति गठन गरी उक्त समितिले परराष्ट्र मन्त्रालय हुँदै युएईको नेपाली दूतावास र एनआरएनए जस्ता अन्तर्राष्ट्रिय समाजसेवी संघसंस्था मार्फत अभियान संचालन गर्नेबारे प्रक्रियागत कामकारबाही अगाडि बढिरहेको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...