News Portal

युएर्इको जेलबाट खड्कबहादुरलाई मुक्त गरिदिन परिवारको आग्रह

हिमाली संचार संवाददाता
८६० पटक

युएई । तेह्रथुम जिल्ला फेदाप-२ ओयाक्जुङका खड्कबहादुर जोगी  करिब ४ वर्षअघिदेखि युएईको जेलमा छन् ।

अबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको फिलिपिन्सको सहकर्मीलाई बचाउन सहयोग गर्ने क्रममा फसेको उनकी श्रीमती डम्बरकुमारी जोगीले बताइन् ।

सन् २०१४ मे ६ का दिन जोगी चढेको गाडीबाट फिलिपिनी सहकर्मी अचानक खसेपछि खड्कबहादुरले साथीलार्इ उठाएर आफ्नो कम्पनीको सुपर भाइजरलाई घटनाबारे जानकारी दिएका थिए ।

सुपरभाइजरले कम्पनीको अर्को गाडी मगाई हस्पिटल पठाउनु भन्ने निर्देशन दिएको र सोही अनुसार घाइते फिलिपिनोलाई उठाएर हस्पिटल पु¥याएप५ मृत्यु भएको थियो ।

घाइतेको निधन भएको रात १२ बजेतिर जोगीलाई यएर्इ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका थालेको थियो । घाइते मित्रलाई बचाउनका लागि जोगीले गरेको प्रयास नै अपराध आरोपित भएपछि जोगी पक्राउ परे । उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान निरन्तर दिइरहेका छन् । तर, जोगीलाई स्थानीय अदालतले हत्याको आरोप लगाएको छ । यो मुद्दामा अदालतले ५ वर्ष कैद र युएई दिराम २ लाख (करिब ६० लाख नेपाली रुपैयाँ) निज मृतक फिलिपिनोको परिवारलाई बुझाउनु भन्ने निर्णय गरेको छ ।

नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदुत सागरप्रसाद फुयालले जोगीले सन् २०१९ को  मार्च सम्म जेल बस्नुपर्ने र अदालतले निर्देशन गरेअनुसार २ लाख दिराम जम्मा गर्नुपर्ने बताएका छन्। अदालतले तोकेको ब्लडमनी सम्बन्धित स्थान र समयमा जम्मा नगरेमा ५० वर्षीय जोगीलाई मृत्युदण्ड हुने उनकी श्रीमती डम्मरकुमारीले रुदै बताइन् । बि.स. २०७० सालमा युएई आएका जोगी २०७१ सालदेखि अबुधाबीको अल वातब जेलमा कैदी जीवन बाचिरहेका छन् ।

खड्कबहादुरको मुक्तिका लागि पहल सुरू

इजरायलमा रहेका सामाजिक अभियन्ता तथा संचारकर्मी देव बास्कोटाले यो विसयमा आवाज उठाएपछि जोगी बचाउ अभियान गाउँस्थरबाट सरु हुन लागेको आफन्त कुमार गिरीले बताएका छन्  ।

युएईको नेपाली समुदायमा करिबकरिब अज्ञात रहेको यो विसयको बारेमा चर्चा सुरु हुन थालेको छ । तेह्रथुम जिल्ला प्रशासनमा गएर जोगीका लागि आवस्यक कागजात तयार पार्न लागिएको नेपाल बिदामा रहेका बास्कोटाले बताए ।

अति निम्न वर्गीय परिवारका जोगीका घरमा श्रीमती सहित २ छोरी, ८० वर्षीया आमा र बुबा गरी ६ सदस्य छन् ।बिहानबेलुकाको छाक टार्न समेत मुस्किल पर्ने यो परिवारले ६० लाख रुपैयाँ जम्मा गर्न असम्भव भएकोले  विश्वभरिबाट सहयोगको औपचारिक अपील गरिने परिवारका सदस्य गिरीले बताएका छन् ।

तेह्रथुमका समाजसेवी, बुद्धिजीवी र परिवारका सदस्यसहितको एक उद्दार समिति गठन गरी उक्त समितिले परराष्ट्र मन्त्रालय हुँदै युएईको नेपाली दूतावास र एनआरएनए जस्ता अन्तर्राष्ट्रिय समाजसेवी संघसंस्था मार्फत अभियान संचालन गर्नेबारे प्रक्रियागत कामकारबाही अगाडि बढिरहेको बताए ।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...