News Portal

प्राइभेट कम्पनी चलाउँदै सुदर्शन सहकारी

हिमाली संचार संवाददाता
६३९ पटक

मोरङ १२, २०७६ पौष : मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले गैरसदस्यसँग उच्चकारोवार गर्ने गरेको खुलेको छ। संस्थामा संस्थापक २५ जना शेयर सदस्य बाहेक अरुलाई शेयर धनी प्रमाण पुर्जा दिइएको छैन्।

एक सय रुपियाँमा शेयर सदस्य बनाउने र दैनिक बचत सङ्कलन गर्ने तथा सोही शेयर प्रमाण पत्रका आधारमा ऋण दिने गरेको समेत खुलेको छ। कर्जा प्राप्त गर्ने ऋणीले कर्जा असुलेपछि शेयर सदस्य स्वत सदस्य मुक्त हुने गरेको एक शेयर सदस्यले बताए।

संस्थाले पछिल्लो वार्षिक साधारण सभामा प्रस्तुत गरेको प्रतिवेदनमा समेत शेयर सदस्यको सङ्ख्या खुलाइएको छैन्। सहकारी संस्थाका छाता संगठनकै शैलीले सुदर्शन साकोसले सदस्यता आवद्धता भनेर प्रतिवेदनमा उल्लेख गरेको छ।

अझ रोचक कुरा त सहकारीले हरेक वर्ष दर्जन बढी ऋणीलाई उत्कृष्ठ ऋणी भनेर सम्मान गरे पनि ति सम्मानित सदस्यको शेयर सदस्यता नं. सम्मानपत्रमा उल्लेख हुँदैन।

साधारण सभामा उच्च पदस्थ ब्यक्ति बोलाउने र राम्रो आतिथ्यता प्रदान गर्ने सुदर्शनको कायदाले धेरै बचत कर्ताहरू लोभिएको देखिन्छ। त्यति मात्र होइन, सुदर्शन साकोसले साधारण सभामा दर्जन बढी पत्रकारलाई बोलाएर कार्यक्रमको साक्षी राख्ने गरेको सहकारी बुझेकाहरू भनाई छ।

उर्लाबारीमा ३ दर्जन बढी सहकारी संस्था छन्। ति सहकारी संस्थाले साधारण सभामा प्रस्तुत गर्ने प्रतिवेदनमा गत वर्षको प्रगति प्रतिवेदन, आगामी वर्षको प्रस्तावित कार्ययोजना र अनुमानित आय ब्यय र वास्तविक आय ब्यय प्रस्तुत हुन्छ ।मृत्यु भएका, सम्मान पाउने, सहकारी संस्था छोडेका , विभिन्न छाता संस्थाका कार्यक्रममा सहभागि भएका सञ्चालकहरू नाम र तापलम तथा गोष्ठीको बारेमा खुलाइएको हुन्छ।

तर, सुदर्शन साकोसको वार्षिक प्रतिवेदनमा अभिलेखात्मक विषय कुनै राखिएको हुँदैन। समूदायमा आधारित नभई कम्पनी प्रालिको स्वरुपमा सञ्चालन भएको सुदर्शनका सञ्चालक सदस्य र लेखा समितिमा को को छन् भन्ने कुरा पनि प्रतिवेदनमा खुल्दैन।

सञ्चालकको फोटो र मोवाइल नं. त परै जाओस नाम समेत उल्लेख हुँदैन, एक सहकारीकर्मीले जिज्ञासा प्रकट गरे। सुदर्शन साकोसले भित्तेपात्रोमा पनि कर्मचारीको मात्र फोटो राख्ने गरेको छ।

नियमानुसार हरेक सहकारीले आफ्ना शेयर सदस्यहरू नाम सदस्य दर्ता कितावमा राख्नु पर्ने कानूनी ब्यवस्था छ। प्रत्येक सदस्यले कति कित्ता शेयर खरिद गरेका छन्।

नियमित मासिक बचत कति गर्छन् सोहीका आधारमा सदस्यलाई दिने ऋणको अङ्क तय गर्ने गरिन्छ तर , सुदर्शन साकोसमा देनिक बचत बाहेक नियमित बचत गर्न शेयर सदस्य अत्यन्तै कम रहेका छन्।

संस्थापक शेयर सदस्यहरूले समेत प्राप्त मुनाफालाई वर्षमा एक पटक बचत खातामा हाल्ने गरेको जानकारहरू बताउँछन्। अझ रोचक कुरा त सहकारी संस्थाले संस्था सञ्चालन गर्न डिभिजन सहकारी कार्यालयमा दर्ता अनुमति लिन बनाएको बिनियम बाहेक अरु कुनै नीति निर्माण गरेको छैन्।

सुदर्शनले गरेको आर्थिक कारोवार हेर्दा संस्थालाई संस्था सञ्चालन नीति, ऋण नीति, बचत नीति, लगायत दर्जन बढी नीति आवश्यक देखिएको छ तर, नीति कुन चरीको नाम हो सञ्चालकहरू जान्न र बुझ्न चाहदैनन्।

सदस्यहरूलाई रात्रीकालिन सेवा समेत दिँदै आएको सुदर्शन साकोस कै टिमले झापाको दमकमा समेत सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालन गरेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...