News Portal

आदेश पालक होइन, संसदको नेता छानौं : कांग्रेस

पूर्वएमाले कि पूर्वमाओवादीबाट सभामुख भन्नेमा नेकपामा रस्साकस्सी !

हिमाली संचार संवाददाता
५५८ पटक

काठमाडौं १०, २०७६ पौष : कृष्णबहादुर महरा सभामुख रहँदा प्रमुख विपक्षी नेपाली कांग्रेसले उनीमाथि बारम्बार चोर औंला ठड्यायो। उसले संसदभित्र र बाहिर पनि बारम्बार भनिरह्यो, ‘सभामुखबाट आग्रहपूर्ण व्यवहार भयो, सरकारको आदेश पालक जस्तो भए।

पूर्व माओवादी नेता समेत रहेका महराले राम्रोसँग सभा सञ्चालन गर्न नसकेको कांग्रेस नेताहरुको ठम्याइ छ साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध नभएका कारण उनलाई खुसी पार्ने नाममा संसदलाई सरकारको अंग झै बनाएको कांग्रेसको आरोप छ।

संसदकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महराले १५ असोजमा राजीनामा दिए। उनी अहिले पुर्पक्षका लागि थुनामा छन् र, संसदमा भने नयाँ सभामुखको खोजी भइरहेको छ।

संसदमा बहुमत भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व उपसभामुख शिवमाया तुम्बाहम्फेलाई राजीनामा गराएर आफ्नै पार्टीबाट सभामुख बनाउन चाहन्छ तर तुम्बाहाम्फे आफैं सभामुखका लागि लबिङ छन् भने शीर्ष तहमा पूर्वएमाले कि पूर्वमाओवादीबाट सभामुख भन्ने रस्साकस्सी पनि चलिरहेको छ।

नेकपाभित्रको रस्साकस्सीलाई नजिकबाट हेरिरहेको प्रमुख विपक्षी कांग्रेस नयाँ सभामुखबारे के सोच्छ त ? सांसद मिनेन्द्र रिजालले अनलाइनखबरसँग भने, ‘सभामुख को भन्ने प्रश्नको जवाफ खोज्दा हामीले संसदलाई सरकारको अंग बनाउने कि सरकारलाई संसदपूर्ण पूर्ण उत्तरदायी बनाउने भन्ने सैद्धान्तिक पक्षलाई हेर्नुपर्छ।

प्रष्ट बहुमत भएको सरकारले संसदलाई आफ्नो अनुकुलतामा प्रयोग गर्न खोज्नु पनि अन्यथा होइन। ‘त्यस्तो बेला सभाको लिडर सही भएन भने सरकारलाई चेक एण्ड ब्यालेन्समा राख्न सकिँदैन’ कांग्रेस सांसद गगन थापा भन्छन्, ‘त्यसका लागि सरकारमाथि आउने प्रश्नलाई स्पेश दिनुपर्छ र त्यसले सरकारलाई संसदप्रति एक प्रकारको डर हुन्छ।

संसदको झण्डै दुई वर्षको अवधिमा सरकारलाई संसदप्रति डर नदेखिएको कांग्रेस सांसदहरुको ठम्याइ छ। सरकार बरु मिडिया, नागरिक समाज सबैसँग डरायो तर संसदसँग पटक्कै डराएन, किनकी सभामुखको भूमिका सदनको लिडरको जस्तो देखिएन’ सांसद थापा भन्छन्, ‘त्यही कारण हाम्रो संसदले प्रभावकारी भूमिका खेल्न सकेन।

अमुख पार्टीको नेताभन्दा संसदमा भएका सबै दल र सांसदको नेता बन्ने व्यक्ति नयाँ सभामुख भए सिंगो संसदको विश्वसनीयता बढाउने कांग्रेस सांसदहरुको धारणा छ।

कांग्रेस सांसदहरुले आगामी दिनमा सदनमा सरकार र विपक्षीको द्वन्द्व बढ्ने सम्भावना पनि देखेका छन्। त्यसलाई सम्हाल्न सभाको नेतृत्वकर्ता कुशल हुन पनि जरुरी छ।

आगामी दिनमा प्रधानमन्त्री अझ नियन्त्रणमुखी हुनसक्ने विश्लेषण सुनाउँदै सांसद रिजालले भने, ‘त्यसअनुसार विधेयकहरु आएका छन् र भोलिका दिनमा पनि आउँछ। त्यस्तो बेला संसद कसरी चल्छ भन्ने लोकतान्त्रिक राज्यका लागि महत्वपूर्ण हुन्छ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण भने यसका लागि सभामुख र उपसभामुख सहमतिमा चुन्नुपर्ने धारणा राख्छन्। केही पहिले सत्तारुढ नेकपाको नेतृत्वसँग यस्तो प्रस्ताव समेत राखिएको भन्दै उनले भने, ‘त्यसो भयो भने समन्वय गर्न र सहकार्य गर्न सहज हुन्छ।

उनले पनि नयाँ सभामुख पार्टीको नेता र कार्यकर्ता वा आदेश पालक भन्दा सबैको सभामुख बन्नसक्नुपर्ने बताए। यसो भएमा आफ्नो दलले पनि सहयोग गर्ने खाँणले सुनाए।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...