News Portal

राष्ट्रपति भण्डारीले नेकपाका शिर्ष नेताहरुलाई शीतल निवास बोलाउँदा धुम्बाराहीमा हलचल

हिमाली संचार संवाददाता
६५८ पटक

काठमाडौं ०५, २०७६ पौष : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई बोलाएर छलफल गरेकी छन् तर यसले नेकपा स्थायी कमिटी बैठकमा शनिबार निकै ठूलै हलचल मच्चाएको छ।

राष्ट्रपति भण्डारीले शनिबार बिहान नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायतलाई बोलाएकी थिइन् तर नेताहरुले पार्टी अध्यक्षलाई खबर गरेका थिएनन्।

तर त्यो सूचना प्रचण्डसम्म पुगिसकेको थियो। त्यसमाथि धुम्बाराहीमा स्थायी कमिटी बैठक सुरु हुँदा पनि शतिल निवास गएका उनीहरु आइपुगेनन्। बैठक चलिरहेका बेला शीतल निवास गएका नेताहरु एकसाथ आएपछि प्रचण्ड कडि्कएका छन्।

उनले मन्त्रिपरिषद् पुनर्गठन र दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गर्दा पनि आफू र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास जानु कमजोरी भएको स्वीकार गरे।

अहिले फेरि पार्टी बैठक चलिरहेका बेला स्थायी कमिटी सदस्यहरुलाई बोलाउँदा नकारात्मक सन्देश जाने भन्दै उनले भने, राष्ट्रपतिले बोलाएपछि नजाने भन्ने त होइन, अध्यक्षलाई जानकारी गराउनुपर्ने विधि पद्धति हो कि होइन ? स्थायी कमिटी बैठकमा समेत ढिला आएको भन्दै उनले प्रश्न गरे, ‘के हो, जानकारी दिनु पर्दैन ?

एक नेताकाअनुसार प्रचण्डले सहजै रुपमा आफू अघिल्लो पटक गएको कमजोरी स्वीकार गरेका थिए र शनिबार गएका नेताहरुलाई पनि आक्रामक रुपमा नै प्रश्न गरेका थिए। त्यसपछि नेता प्रदीप ज्ञवालीले आफूहरु पूर्व निर्धारित भेट भएकाले गएको स्पष्टीकरण दिएका थिए।

समाजवाद, अर्थतन्त्रबारे नेताहरुको कुरा सुन्न र आफ्ना चासोहरु पनि राख्न राष्ट्रपतिले बोलाएको उनले सुनाए। उनले ९ बजे नै गएको र खाना खाएर जाउँ भन्दा केही ढिला भएको भन्दै सबैको तर्फबाट क्षमायाचना समेत गरेका थिए।

तर भीम रावल, रघुजी पन्त लगायतका नेताहरुले प्रश्न उठाए। स्रोतकाअनुसार नेताहरुले राष्ट्रपतिले राजनीति गर्न खोजेको हो ? जे मन लाग्यो त्यही गर्न पाइन्छ भन्दै प्रश्न गरेका थिए।

त्यसपछि अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेर राष्ट्रपतिबारे पार्टी बैठकमा छलफल नगरौं भनेर रोकेका थिए। आफूले विधि पद्धतीको कुरा उठाएको र के भएको हो भनेर जान्न चाहेको भन्दै उनले भने, ‘नेताहरुले थाहा दिनुभयो, सकियो। थप छलफल नगरौं।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...