News Portal

मलेसिया जानु भनेको अमेरिका जानु सरह !

हिमाली संचार संवाददाता
४८० पटक

काठमाण्डौ ०३, २०७६ पौष : मलेसिया जाने चार जना युवासँग चर्को रकम लिंँदै गरेको अवस्थामा एक जनालाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको छ।

गुल्मीको रेसुङ्गाका अनिल बिक, सन्दीप बिक र दीपक बहादुर सुनार तथा बराह नगरपालिका सुनसरीका सन्तोष बिष्टसँग ४ लाख ५० हजार रुपैयाँ लिंँदै गरेको अवस्थामा लाइफ इन्टरनेशनल ओभरसिजमा फेला पारिएको विभागले जनाएको हो।

चार जना युवा मलेसियाको अबिबा प्लास्टिक उद्योगमा कामका लागि जान इजाजतपत्र नम्बर ७६० भएको महाराजगञ्जमा रहेको लाइफ इन्टरनेशनल ओभरसिजका जनसम्पर्क अधिकृत दान बहादुर सोमैलाई सम्पर्क गर्दा उनले ‘मलेसिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न’ भनेर त्यसै अनुसारको पैसा लिँदै गर्दा विभागले फेला पारेको हो।

डेढ महिना अघि त्यो मलेशियन कम्पनीबाट नेपाल र मलेसियाबीचको पछिल्लो श्रम सम्झौता बमोजिमको फ्री भिसा फ्री टिकट अन्तर्गतको मागपत्र बमोजिम उनीहरुलाई मलेसिया पठाइँदै थियो।

त्यस कम्पनीमा ५० जना कामदारको माग भएकोमा यी चार जनासहित ३६ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...