News Portal

कुवेतमा फेरि अर्का नेपाली युवाको मृत्यु

हिमाली संचार डटकम
४५२५ पटक

कमल सिंह ठकुरी/कुवेत १९, २०१८ अगस्ट – कुवेतमा स्याङ्जाका एक युवाको आइतबार मृत्युु भएको छ। कुवेतको (Al-ennma Real Estate Company) अल-ईन्मा रियल स्टेट कम्पनीमा सेकुरुटी गार्डमा कार्यरत दिपक परीयारको मृत्युु भएको हो।

४४ बर्षिय दिपक २ बर्ष पहिले कुवेत आएका थिए। सधै झै बेलुकी खाना खाएर सुतेको र बिहान उठ्दा सुतेकै स्थानमा मृत्यु भएको सहकर्मी सुदिप कार्कीले हिमालीसंचारडटकमलाई बताए।

परीयारको अबुहालिफा स्थित कम्पनीकै कोठामा मृत्यु भएको हो। यद्यपि मृत्युको कारण भने अझै खुल्न सकेको छैन।

कुवेतको ग्लोबल बैंकमा सेकुरुटी कम्पनीको सप्लार्समा सेकुरुटी गार्डको काम गरीरहेका दिपक राम्रै कमाई भैईरहेकोले घर बिदा जान क्यानसिल गरेर नियमित काम गरीरहेका थिए।

स्याङ्जा घर भएका दिपकको परिवार केहि समय यता पोखरामा बसोबास गर्दै आइरहेका थिए। मृतक दिपकका एक छोरा र श्रीमती छन।

उक्त घटनाको बारेमा आइतबार नै नेपाली राजदूतावास कुवेतमा जानकारी गराइ सकिएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...