News Portal

  • कुवेतमा फेरि अर्का नेपाली युवाको मृत्यु

    हिमाली संचार डटकम
    ४४३७ पटक

    कमल सिंह ठकुरी/कुवेत १९, २०१८ अगस्ट – कुवेतमा स्याङ्जाका एक युवाको आइतबार मृत्युु भएको छ। कुवेतको (Al-ennma Real Estate Company) अल-ईन्मा रियल स्टेट कम्पनीमा सेकुरुटी गार्डमा कार्यरत दिपक परीयारको मृत्युु भएको हो।

    ४४ बर्षिय दिपक २ बर्ष पहिले कुवेत आएका थिए। सधै झै बेलुकी खाना खाएर सुतेको र बिहान उठ्दा सुतेकै स्थानमा मृत्यु भएको सहकर्मी सुदिप कार्कीले हिमालीसंचारडटकमलाई बताए।

    परीयारको अबुहालिफा स्थित कम्पनीकै कोठामा मृत्यु भएको हो। यद्यपि मृत्युको कारण भने अझै खुल्न सकेको छैन।

    कुवेतको ग्लोबल बैंकमा सेकुरुटी कम्पनीको सप्लार्समा सेकुरुटी गार्डको काम गरीरहेका दिपक राम्रै कमाई भैईरहेकोले घर बिदा जान क्यानसिल गरेर नियमित काम गरीरहेका थिए।

    स्याङ्जा घर भएका दिपकको परिवार केहि समय यता पोखरामा बसोबास गर्दै आइरहेका थिए। मृतक दिपकका एक छोरा र श्रीमती छन।

    उक्त घटनाको बारेमा आइतबार नै नेपाली राजदूतावास कुवेतमा जानकारी गराइ सकिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...

    नेपाल राष्ट्र बैंकले एटीएम निकासी सीमा घटायो

    काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय...

    आज २०८२ साल असोज २६ गतेको राशिफल

    आज असोज २६, २०८२ (अक्टोबर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...