News Portal

मेहनत अनुसार सनपाटकाे उचित मुल्य नहुदा माेरङका कृषक निरासमा

हिमाली संचार संवाददाता
१५५० पटक

रबिन्द्र बराल – माेरङकाे दक्षिणी क्षेत्रका कृषक हरु यस बेला सन्पाट (पटुवा)खेतिबाट चिन्तित बन्न थालेका छन । सन्पाट खेतीबाट अाफुहरुकाे मेहनत अनुसारकाे अाम्दानी भने नहुने गरेको कृषकहरु बताउँछन् ।

रंगेली नगरपालिका ६ का कृषक राजेन्द्र मन्डल भन्छन अाफुले १० कठ्ठामा याे बर्ष सन्पाट खेती गरेको र १० कठ्ठामा अाफुले ३० देखि ३५ हजार रुपैयाँ सम्म खर्च गरेता पनि अहिले अाएर बिगतमा प्रतिमन २४ सय रुपैया रहेकोमा यस बर्षभने १६ सय प्रतिमन रहेको छ ।

मजदुरहरुले समेत सन्पाट (पटुवा)काटन समेत नमान्ने गरेको र मजदुरलाई दैनिकी ज्याला ५ सय रुपैयाँ दिनुपर्ने र जनमजदुरहरु समेत नपाईने गरेको कृषकहरुले बताए ।
कृषकले भने १० कठ्ठामा सन्पाट छर्ने बेला देखि सन्पाट काटने बेलासम्म ३० हजार रुपैयाँ सम्म खर्च हुने गरेको कृषकहरु बताउँछन् ।

कसरी तयारी हुन्छ त सन्पाट ?

सनपाट काटेपछि साता दिनसम्म सनपाटकाे सबै पातहरु झार्नुपर्ने हुन्छ । त्यपछि त्यसलाई सानाे सानाे मुठ्ठी पारेर बान्ने गरेपछि त्यसलाई पानी जम्मे पाेखरी,खाेला,खाेल्सि उक्त सनपाटलाई २५ दिन सम्म पानीमा कुहाएर त्यसलाई पानीको सहारामा सन्पाट निकाल्ने गरिन्छ । त्यस पछि सनपाटलाई साता दिन सम्म घाममा सुकाएर सनपाट तयारी पार्ने गरिन्छ ।

गत बर्ष यस क्षेत्रमा ५ हजार ४ सय ४२ हेक्टरमा सनपाट खेति भएकोमा यस बर्ष भने १० प्रतिशत मात्रै जुट खेती मात्रै भएको साविक क्षेत्रीय कृषि निर्देशनालय बिराटनगरका डाक्टर राजेन्द्र उप्रेतीले बताए । उहाँका अनुसार २०४१ साल तिर माेरङमा सबैभन्दा बढी जुट खेती हुने गरेको बताए ।

त्यस समयमा भारतबाट जनमजदुरहरु माेरङकाे विभिन्न भागमा अाएर तीन महिना घर भाडा गरेर उनिहरु सनपाट खेती गर्ने गर्थिए । र खेती सकेर पुनः भारत तिर जाने गरेको उप्रेतीले बताए ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...