News Portal

मेहनत अनुसार सनपाटकाे उचित मुल्य नहुदा माेरङका कृषक निरासमा

हिमाली संचार संवाददाता
१५८७ पटक

रबिन्द्र बराल – माेरङकाे दक्षिणी क्षेत्रका कृषक हरु यस बेला सन्पाट (पटुवा)खेतिबाट चिन्तित बन्न थालेका छन । सन्पाट खेतीबाट अाफुहरुकाे मेहनत अनुसारकाे अाम्दानी भने नहुने गरेको कृषकहरु बताउँछन् ।

रंगेली नगरपालिका ६ का कृषक राजेन्द्र मन्डल भन्छन अाफुले १० कठ्ठामा याे बर्ष सन्पाट खेती गरेको र १० कठ्ठामा अाफुले ३० देखि ३५ हजार रुपैयाँ सम्म खर्च गरेता पनि अहिले अाएर बिगतमा प्रतिमन २४ सय रुपैया रहेकोमा यस बर्षभने १६ सय प्रतिमन रहेको छ ।

मजदुरहरुले समेत सन्पाट (पटुवा)काटन समेत नमान्ने गरेको र मजदुरलाई दैनिकी ज्याला ५ सय रुपैयाँ दिनुपर्ने र जनमजदुरहरु समेत नपाईने गरेको कृषकहरुले बताए ।
कृषकले भने १० कठ्ठामा सन्पाट छर्ने बेला देखि सन्पाट काटने बेलासम्म ३० हजार रुपैयाँ सम्म खर्च हुने गरेको कृषकहरु बताउँछन् ।

कसरी तयारी हुन्छ त सन्पाट ?

सनपाट काटेपछि साता दिनसम्म सनपाटकाे सबै पातहरु झार्नुपर्ने हुन्छ । त्यपछि त्यसलाई सानाे सानाे मुठ्ठी पारेर बान्ने गरेपछि त्यसलाई पानी जम्मे पाेखरी,खाेला,खाेल्सि उक्त सनपाटलाई २५ दिन सम्म पानीमा कुहाएर त्यसलाई पानीको सहारामा सन्पाट निकाल्ने गरिन्छ । त्यस पछि सनपाटलाई साता दिन सम्म घाममा सुकाएर सनपाट तयारी पार्ने गरिन्छ ।

गत बर्ष यस क्षेत्रमा ५ हजार ४ सय ४२ हेक्टरमा सनपाट खेति भएकोमा यस बर्ष भने १० प्रतिशत मात्रै जुट खेती मात्रै भएको साविक क्षेत्रीय कृषि निर्देशनालय बिराटनगरका डाक्टर राजेन्द्र उप्रेतीले बताए । उहाँका अनुसार २०४१ साल तिर माेरङमा सबैभन्दा बढी जुट खेती हुने गरेको बताए ।

त्यस समयमा भारतबाट जनमजदुरहरु माेरङकाे विभिन्न भागमा अाएर तीन महिना घर भाडा गरेर उनिहरु सनपाट खेती गर्ने गर्थिए । र खेती सकेर पुनः भारत तिर जाने गरेको उप्रेतीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...