News Portal

माइतिघरदेखि कोटेश्वरसम्म साइकल लेन बनाउने तयारी

हिमाली संचार संवाददाता
५३२ पटक

काठमाडौं – ललितपुर महानगरपछि काठमाडौं महानगरपालिकाले पनि साइकल लेन बनाउने तयारी गरेको छ । महानगरको सहरी योजना आयोगले काठमाडौंमा साइकल लेन बनाउनका लागि गुरुयोजना समेत तयार पारिसकेको छ ।

आयोगका कार्यकारी उपाध्यक्ष सरोज बस्नेतले साइकल लेन निर्माणका लागि गुरुयोजना तयार भइसकेको र सरोकारवालासँगको छलफल पछि अन्तिम रुप दिइने जानकारी दिए ।

चालु आर्थिक वर्षमा नै सम्पन्न गर्ने गरी महानगरले काम अघि बढाएको हो । गुरुयोजना अनुसार माइतिघरदेखि–बानेश्वर हुँदै तिनकुने–कोटेश्वरसम्म महानगरले साइकल लेन निर्माण गर्नेछ ।

आयोग उपाध्यक्ष बस्नेतका अनुसार छेउको लेन र पैदल यात्री हिँड्ने सडक पेटीको बीचमा साइकल लेन निर्माण हुनेछ ।

‘अहिले हामीले साइकल ट्रयाकका लागि डिजाइन समेत फाइनल गरिसकेका छौं, माइतीघरदेखि तिनकुनेसम्मका लागि डिजाइन तयार भएको छ’ उपाध्यक्ष बस्नेतले भने, ‘यस विषयमा भोलि नै हामी सरोकारवालाहरुसँग छलफल गर्दैर्छौ, उहाँहरुको सुझाव समेत समेटेर डिजाइन फाइनल भएर काम सुरु हुनेछ ।’

साइकल ट्रयाकका विषयमा छलफल गर्न मंगलबार अन्तरक्रिया कार्यक्रम राखिएको छ । आयोगले साइकल लेनका विषयमा छलफल गर्न सरोकारवालाहरुलाई बोलाएको छ । आयोगले दिएको जानकारी अनुसार छलफलका लागि ठूला नेतादेखि बहालवाला मन्त्री, सांसद तथा साइकल लेन सम्बन्धी जानकारहरुलाई डाकिएको छ ।

ललितपुर महानगरले यसअघि नै कुपण्डाेलदेखि मंगलबजारसम्म लेन बनाउनका लागि शिलान्याससमेत गरिसकेको छ । ललितपुरले सामान्य रेखांकन गर्ने र रेखांकन गरिएको क्षेत्रमा साइकललाई प्राथमिकता दिनुपर्ने बताएको छ । तर काठमाडौंको भने योभन्दा फरक र केही आधुनिक हुने आयोगले बताएको छ ।

महानगरले लेन निर्माणका लागि ३ करोड रुपैयाँ भन्दा बढी खर्चिने उपाध्यक्ष बस्नेतले बताए । उनका अनुसार लेनका लागि रेखांकनमात्रै नगरेर महानगरले छुट्टै संरचना समेत बनाउनेछ । त्यो लेनमा मोटरसाइकल समेत प्रवेश गर्न पाउने छैन ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...