News Portal

माइतिघरदेखि कोटेश्वरसम्म साइकल लेन बनाउने तयारी

हिमाली संचार संवाददाता
४२६ पटक

काठमाडौं – ललितपुर महानगरपछि काठमाडौं महानगरपालिकाले पनि साइकल लेन बनाउने तयारी गरेको छ । महानगरको सहरी योजना आयोगले काठमाडौंमा साइकल लेन बनाउनका लागि गुरुयोजना समेत तयार पारिसकेको छ ।

आयोगका कार्यकारी उपाध्यक्ष सरोज बस्नेतले साइकल लेन निर्माणका लागि गुरुयोजना तयार भइसकेको र सरोकारवालासँगको छलफल पछि अन्तिम रुप दिइने जानकारी दिए ।

चालु आर्थिक वर्षमा नै सम्पन्न गर्ने गरी महानगरले काम अघि बढाएको हो । गुरुयोजना अनुसार माइतिघरदेखि–बानेश्वर हुँदै तिनकुने–कोटेश्वरसम्म महानगरले साइकल लेन निर्माण गर्नेछ ।

आयोग उपाध्यक्ष बस्नेतका अनुसार छेउको लेन र पैदल यात्री हिँड्ने सडक पेटीको बीचमा साइकल लेन निर्माण हुनेछ ।

‘अहिले हामीले साइकल ट्रयाकका लागि डिजाइन समेत फाइनल गरिसकेका छौं, माइतीघरदेखि तिनकुनेसम्मका लागि डिजाइन तयार भएको छ’ उपाध्यक्ष बस्नेतले भने, ‘यस विषयमा भोलि नै हामी सरोकारवालाहरुसँग छलफल गर्दैर्छौ, उहाँहरुको सुझाव समेत समेटेर डिजाइन फाइनल भएर काम सुरु हुनेछ ।’

साइकल ट्रयाकका विषयमा छलफल गर्न मंगलबार अन्तरक्रिया कार्यक्रम राखिएको छ । आयोगले साइकल लेनका विषयमा छलफल गर्न सरोकारवालाहरुलाई बोलाएको छ । आयोगले दिएको जानकारी अनुसार छलफलका लागि ठूला नेतादेखि बहालवाला मन्त्री, सांसद तथा साइकल लेन सम्बन्धी जानकारहरुलाई डाकिएको छ ।

ललितपुर महानगरले यसअघि नै कुपण्डाेलदेखि मंगलबजारसम्म लेन बनाउनका लागि शिलान्याससमेत गरिसकेको छ । ललितपुरले सामान्य रेखांकन गर्ने र रेखांकन गरिएको क्षेत्रमा साइकललाई प्राथमिकता दिनुपर्ने बताएको छ । तर काठमाडौंको भने योभन्दा फरक र केही आधुनिक हुने आयोगले बताएको छ ।

महानगरले लेन निर्माणका लागि ३ करोड रुपैयाँ भन्दा बढी खर्चिने उपाध्यक्ष बस्नेतले बताए । उनका अनुसार लेनका लागि रेखांकनमात्रै नगरेर महानगरले छुट्टै संरचना समेत बनाउनेछ । त्यो लेनमा मोटरसाइकल समेत प्रवेश गर्न पाउने छैन ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...

शिक्षालय र उद्योगबीच अप्रेन्टिसीप कार्यक्रम सम्पन्न

रविन्द्र बराल/ मोरङ, पुष ३ – कोशी प्रदेशको राजधानी विराटनगरस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा “औद्योगिक प्रशिक्षार्थी...