News Portal

मतमा हारेपनि जनताबाट अभुत माया बटुल्न सफल : नेता सेरचन

रामबहादुर बस्नेत
१०९० पटक

कुवेत ०५, २०१९ डिसेम्बर : प्रदेश नम्बर ४ बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट हाल सम्पन्न प्रदेश प्रतिनिधिसभा उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा (बामगठबन्धन)बाट बिजय हुनु भएका माननिय खिम बिक्रम शाहीलाई हार्दिक बधाइ तथा नयाँ राजनीतिक जिम्मेवारी र सफल कार्यकालको शुभकामना।

माननीय शाही अब बामगठबन्धनको मात्र नभइ सम्पुर्ण बागलुङ निशी भुजी र तमानका बहुदलिय जनताका नवनिर्वाचित राजनितिक प्रतिनिधि भएको मैले महसुस गरेको छु। जनताको साझा मुद्दालाई सम्बोधन हुने गरि बिकाशको नयाँ खाका तयार पारी जनतासंग प्रस्तुत भए जनताबाट सधै साथ मिल्ने छ।

नवनिर्वाचित माननिय खिम बिक्रम शाही

विभिन्न कालखन्डमा-पन्चायत, निसीखोलाबाट स्व.साहसी नेता जीतबहादुर कुवरको पाला देखि हाम्रो क्षेत्रले प्रतिनिधिसभामा जानको लागी स्थानिय राजनितिक निर्वाचित प्रतिनिधि अहिलेसम्म पाएको थिएन। त्यो घाउ बल्ल अहिले आएर मेटिएको छ।

तितो पिरो जे गरियो चुनाव अगाडि गरियो। अब सम्पुर्ण बागलुङ निशी भुजी तमानवासि जनताले माननिय शाहीलाई बिकाशको मुल फुटाउन सबैले सहयोग गर्न अपिल गर्दछु।

मतमा हारेपनि जनताबाट अभुत माया बटुल्न सफल : सेरचन

लोकप्रिय नेता जीतबहादुर सेरचनले जनताको सेवा र क्षेत्र बिकाशको लागि निरन्तर खटी राख्ने बताएका छन। सफल राजनितिज्ञहरुलाई विभिन्न कालखन्डमा अर्को राजनितिज्ञ शक्तीले हराएको इतिहास सर्ववितितै छ।

बिश्वराजनीति इतिहासलाई फर्केर हेर्दा अबराहम लिन्कनले पटकपटक चुनाव हारेका थिए। अन्त्यमा बिश्वको सबभन्दा शक्तिशाली देश अमेरिकाको सोह्रौ रास्ट्रपतिमा निर्वाचित भए। सेरचनको राजनीति चित्रलाई हेर्दा यहि कुराको आभाष हुन्छ।

प्रदेश नम्बर ४ बागलुङ क्षेत्र नम्बर २ (ख) को उपचुनावमा हारेपनि जीतबहादुर सेरचनले जितेका यथार्तहरु यसप्रकारले प्रस्ट्याउन चाहन्छु:

१ – झन धेरै लोकप्रिय,
२ – अघिल्लो चुनाव भन्दा यो चुनावमा धेरै भोट पाए र पार्टिलाई झन धेरै बलियो बनाउन सफल भए,
३ – कार्यकर्ता र जनताको मन जिते,
४ – पार्टी र जनताको मन जिते,
५ – राजनितिक करीयरमाअझै मल जल थपे,
६ – धेरै भाइहरु मिलेको पार्टीसंग निकै साहससंग एकभइ बहादुरीका साथ एक्लै चुनाव लड्न मैदानमा उत्रिए।

सेरचन राजनितिक सम्भावानाहरु बोकेका नेता हुन। पार्टीको बरिस्ठ नेता बन्न सक्ने, निरन्तर रुपमा अगाडि बढे जनता र पार्टिको म्यान्डेटबाटै देशको राष्ट्रिय नेता बन्न सक्ने लिडरसीप र क्षमता सेरचनसंग छ। हाम्रो समर्पण र आजिवन जीत सेरचनलाई पलपलमा सम्झिरहन्छौ।

(बागलुङका लेखक बस्नेत कुवेतमा कार्यरत छन।)

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...