News Portal

चितवनमा प्रचण्ड-रेणुलाई जिल्याउने मत परिणाम, ३ वटै वडामा कांग्रेस विजयी

हिमाली संचार संवाददाता
११६१ पटक

चितवन १५, २०७६ मंसिर : चितवनले प्रचण्डलाई जिल्ला पार्ने परिणाम दिएको छ। आफ्नै गृह जिल्ला तथा निर्वाचन क्षेत्र एवं छोरी रेणु दाहाल मेयर भएको भरतपुर महानगर रहेको चितवनमा भएको उपनिर्वाचनले प्रचण्डलाई जिल्लाएको हो।

चितवनको परिणामले प्रचण्डले आफ्नो गृह जिल्लामा प्रभाव गुमाएको समेत देखिएको छ। चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डकी पुत्री रेणु दाहाल मेयर छिन्।

प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका १६ मा कांग्रेसको जीत धेरै हिसावले अर्थपूर्ण छ। वडाध्यक्षमा अमृत हमाल विजयी भएका हुन्।

यसअघी चितवनमा भरतपुर महानगर तत्कालिन माओवादीलाई छोड्दाको पीडाको बदला पनि स्थानिय कांग्रेस नेता कार्यकर्ताले लिएका छन्। जुन कांग्रेस नेतृत्वलाई समेत स्पष्ट सन्देश हो।

भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल, खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत र ५ मा प्रतिमा कार्की विजयी हुँदा सत्तारुढ दलले एउटा वडामा पनि जित्न सकेनन्।

खैरहनीमा बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्। बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्।

नेकपाका अध्यक्ष प्रचण्डको प्रभाव क्षेत्रको रुपमा प्रचारित चितवनको खैरहनी नगरपालिका ५ मा कांग्रेसले जितेको छ।

नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन्।

कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए। यसअघी काग्रेसले वैतडी र अर्घाखाँचीमा पनि जीत हासिल गरेको छ।

अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ३ नं वडामा कांग्रेसका शोभाखर खनाल बिजयी भएका छन्। यसैगरि बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...