News Portal

जनसम्पर्क समिती ओमानले स्वर्गीय शुशिल कोइरालाको ७९औ जन्मजयन्ती मनायो

हिमाली संचार संवाददाता
१०४५ पटक

अगस्ट १७,मस्कट – नेपाली जनसम्पर्क समिती ओमानले मासिक बैठक तथा पुर्वसभापति तथा पुर्व प्रधानमन्त्री स्वर्गीय शुशिल कोइरालाको ७९औ जन्म जयन्ती मनाएको छ। कार्यक्रममा स्वर्गीय सुशील कोइरालाको तस्बिरमा अबिर लगाएर कार्यक्रम शुरु भएको थियो। उपस्थित सम्पुर्ण सदस्यहरुले सुशील कोइरालाको योगदानको बारेमा बर्णन गर्नु भएको थियो।

आजको बैठकबाट नेपाली जनसम्पर्क समिति ओमानको पहिलो एरिया समितिको बिस्तारको लागि सोहारमा कार्यरथ नेपाली जनसम्पर्क समिति ओमानका सदस्य महमत सेराजुदिनलाई एरिया संयोजक तोकि त्यहा रहनु भएका रास्टियता लोकतन्त्र र समाजवादमा आस्था राख्नु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाइ उहाको सम्पर्कमा आउनु हुन अनुरोध गर्दै अर्को महिना त्यहा एरिया समितिको निर्माण गर्ने निर्णय भएको छ। सम्पुर्ण साधारण सदस्य लिएका सदस्यहरुलाइ कृयाशिल सदस्य फर्म भर्नको लागि सबैलाइ अनुरोध गर्ने र आउने एक महिनामा सललामा पनि एरिया समिती बनाउनको लागि प्रोसेस गर्ने निर्णय भएको समितिले जनाएको छ ।

कार्यक्रममा उपसभापतिहरु बेधनिधि आचार्य, शालिक चापागाईं र संजय शाह लगायत समितिका सबै पदाधिकारी र सदस्य हरुको उपस्थित रहेको थियो। कार्यक्रममा संस्थाका कोशाध्यक्ष लोकनाथ बास्ताकोटीले आयब्ययको बारेमा जानकारी गाराउनु भएको थियो। संस्थाका सभापति फर्सुराम पोख्रेलको सभापतिमा सो कार्यक्रम भएको थियो। अन्त्यमा उपस्थित सबैलाइ धन्यवाद दिदै सभापतिबाट कार्यक्रम समाप्तको घोषणा गर्नु भएको थियो। कार्यक्रम महामन्त्री नवीन पङेनीले सन्चालन गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...