News Portal

साउदिमा खुला फुटबल प्रतियोगितामा माउन्ट एभरेष्टको जित

हिमाली संचार संवाददाता
७८० पटक

ओम पाण्डे
साउदी २३, २०१९ नोभेम्बर : साउदिको अल्मराई कम्पनीको ब्रान्चहरु बिच भएको खुला नेपाली फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट टिमले ३/१ को गोलान्तरले हिमालयन वारियर्सलाई हराउँदै जित हासिल गरेको छ।

अलमराइको सिपिपि नेपाली कमिटिले आयोजना गरेको उक्त फुटबलमा विभिन्न ब्रान्चका गरि ८ टिमले भाग लिएका थिए। माउन्ट एभरेष्ट, मनाङ मर्स्याङ्दि, थ्री स्टार, ट्रान्सपोर्ट, अलदाना, बेकरी च्यालेन्जर्स, हिमालयन वारियर्स अल रबिया र अल्खर्ज सेल्स डिपो बिच भएको नक आउट खेलमा माउन्ट एभरेस्ट र हिमालयन वारियर्स फाइनलमा भिडेका थिए।

शुक्रबार साँझ २०:४५ बजे देखि शुरु भएको टिम बिच कडा प्रतिस्पर्धाका साथ खेल भएको थियो। पहिलो हाफमा दुबै टिमले गोल गर्न सकेको थिएनन् भने दोश्रो हाफमा लिला ब्लोनको ह्याट्रीक ३ गोलको सहायताले माउण्ट एभरेष्टलाई जित हासिल गर्न सजिलो भएको थियो। खेलको अन्ततिर हिमालयन वारियर्सका क्याप्टेन कृष्ण कुमारले एक गोल मात्र गरेका थिए।
नेपाली कमिटी सिपिपिले आयोजना गरेको आकर्षक खेलमा मेन रेफ्री आश गुरुङले गरेका थिए भने लाइन्स म्यानमा दिपक लिम्बू र सुरेश सुनार थिए र गोल जर्जमा प्रकाश भट्ट र यदु सापकोटा रहेका थिए।

माउन्ट एभरेष्टका क्याप्टेन सुरज गुरुङले खेल अबधीभर सर्बाधिक ५ गोल गरेर गोल्डेन बुटको अवार्ड पाएका थिए भने हिमालयन वारियर्सका गोलकिपरले गोल्डेन ग्लोभ्स पाएका थिए।

त्यसै गरि माउन्ट एभरेष्टकै खेलाडीले बेस्ट डिफेन्डर अवार्ड, ह्याट्रीक ३ गोल गरेर लिला ब्लोनले एमर्जिङ प्लेयर अवार्ड, हिमालयन वारियर्सका क्याप्टेन कृष्ण केसिले बेस्ट प्लेयर अवार्ड पाएका थिए भने फियर प्ले अवार्ड बेकरी च्यालेन्जर्सलाई दिएको थियो।

पाँच सय भन्दा बढि दर्शकको बिचमा खेलाइएको खेल उत्तिकै अनुशासन र सौहार्दपुर्ण बाताबरणमा भएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...