News Portal

  • एआइजी ठूले राईलाई विपद ब्यवस्थापन प्राधिकरणको सीईओ बन्दै

    हिमाली संचार संवाददाता
    ५५० पटक

    काठमाडौं : जोखिम न्यूनीकरण तथा विपद ब्यवस्थापनका विज्ञ नेपाल प्रहरीका एआईजी ठूले राईलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ) बनाउने तयारी गरिएको छ।

    नेपाल प्रहरीमा विपद ब्यवस्थापन र जोखिम न्यूनीकरणको क्षेत्रमा सबैभन्दा विज्ञ प्रहरी अफिसरको रुपमा परिचित राईलाई सरकारले नयाँ जिम्मेवारी दिन लागेका हुन्।

    ऐन बनेको २० महिनापछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको लागि आवेदन माग गरिएको छ। गृहमन्त्रालयले प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ) को लागि २०७६ कात्तिक ८ मा आवेदन माग गरेको थियो।

    प्राधिकरणको सीईओका लागि नेपाल प्रहरीका एआईजी ठूले राईले पनि आवेदन दिएका थिए। प्रहरी प्रधान कार्यालयको स्वीकृति लिएर उनले आवेदन दिएका हुन्। आफू कार्यरत संघ संस्थाको अनुमति लिएर आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

    प्राधिकरणको सीईओका लागि स्नातकोत्तर योग्यता तोकिएको छ। साथै विपत ब्यवस्थापन वा ब्यवस्थापन वा जनप्रशासन सूचना प्रविधि सम्बन्धी कम्तीमा ३० कार्य दिवसको अधिकृतस्तर वा ब्यवस्थापकीय तहको तालिम लिएको हुनुपर्ने उल्लेख छ। यी सबै योग्यता पुरा गरेका राईले प्राधिकरणको सीईओका लागि आवेदन दिएको स्वीकार गरे।

    प्राधिकरणको सीईओका लागि आवेदन दिने म्याद कात्तिक २४ मा सकिएको छ। गृह मन्त्रालयको विपत् अध्ययन जोखिम न्यूनीकरण पुनर्लाभ शाखामा सीईओका आकांक्षीहरुको निवेदन परिसकेको छ।

    सीईओका लागि आवेदन दिने उम्मेदवारहरुले १० हजार शब्द भएको ब्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्नेछ। शाखाले परेका आवेदनहरु खोली आवेदकहरुको छनोट प्रक्रिया शुरु गर्ने बताइएको छ।

    प्राधिकरणको सीईओको कार्यकाल ५ बर्ष हुने ब्यवस्था गरिएको छ। प्राधिकरणको सीईओ छनोट नभएमा उनी आगामी माघसम्म प्रहरीमा काम गर्नेछन्। राई हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा कार्यरत छन्।

    विपद ब्यवस्थापनका ज्ञाता !

    नेपाल प्रहरीमा जोखिम न्यूनीकरण तथा विपद ब्यवस्थापनमा सबैभन्दा काबिल प्रहरी अफिसर मानिन्छन् एआईजी राई।

    नेपाल प्रहरीको विपद ब्यवस्थापन महाशाखामा लामो समय कार्यरत एआईजी राईले नेपालमा महाभूकम्पमा गएको समयमा पनि महाशाखाको प्रमुखको रुपमा प्रहरीको नेतृत्व गरेका थिए।

    त्यस बेलाको भूमिकालाई सबैले प्रशंसा गरेका थिए। प्रहरीको विपद ब्यवस्थापन महाशाखाको नीति निर्माणको नेतृत्व पनि उनलै गर्दै आएका छन्।

    नेपाल प्रहरीको नेतृत्व गरेर स्रोत व्यक्तिका रुपमा उनी बिभिन्न मुलुकहरुमा समेत गएका छन्। प्रहरीमा जोखिम न्यूनीकरण तथा विपद ब्यवस्थापनमा उनको गहिरो ज्ञान रहकै कारण पूर्व तयारी तथा जोखिम न्युनीकरणका प्रशिक्षणहरुमा उनलाई खटाइने गरिएको छ।

    उनले सन् २००१ माएसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर (एडीपीसी)द्वारा नेपालमा दिइएको तालिम लिएका छन्। थाइल्यान्डको बैंककबाट क्षेत्रीय प्रशिक्षकको तालिम, फिलिपिन्समा ‘मास्टर इस्टक्टर’को कोर्स गरेका छन्।

    नेपाल प्रहरीलाई पनि त्यस क्षेत्रमा विज्ञको आवश्यकता खड्किरहेको बेला उनले नेपालसहित फिलिपिन्स, बंगलादेश, भारत र पाकिस्तानमा समेत विज्ञका रुपमा काम गरे।

    उनले नेपाल प्रहरी विपद व्यवस्थापन महाशाखाको तालिम सञ्चालन गर्ने ‘कोर्स मनिटर’ तथा ‘कोर्ष को–अडिनेटर’ भई तालिमको रुपरेखा तयार गर्ने तथा जनशक्ति परिचालन गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

    काठमाडौं। राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal