News Portal

एआइजी ठूले राईलाई विपद ब्यवस्थापन प्राधिकरणको सीईओ बन्दै

हिमाली संचार संवाददाता
७५५ पटक

काठमाडौं : जोखिम न्यूनीकरण तथा विपद ब्यवस्थापनका विज्ञ नेपाल प्रहरीका एआईजी ठूले राईलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ) बनाउने तयारी गरिएको छ।

नेपाल प्रहरीमा विपद ब्यवस्थापन र जोखिम न्यूनीकरणको क्षेत्रमा सबैभन्दा विज्ञ प्रहरी अफिसरको रुपमा परिचित राईलाई सरकारले नयाँ जिम्मेवारी दिन लागेका हुन्।

ऐन बनेको २० महिनापछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको लागि आवेदन माग गरिएको छ। गृहमन्त्रालयले प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ) को लागि २०७६ कात्तिक ८ मा आवेदन माग गरेको थियो।

प्राधिकरणको सीईओका लागि नेपाल प्रहरीका एआईजी ठूले राईले पनि आवेदन दिएका थिए। प्रहरी प्रधान कार्यालयको स्वीकृति लिएर उनले आवेदन दिएका हुन्। आफू कार्यरत संघ संस्थाको अनुमति लिएर आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

प्राधिकरणको सीईओका लागि स्नातकोत्तर योग्यता तोकिएको छ। साथै विपत ब्यवस्थापन वा ब्यवस्थापन वा जनप्रशासन सूचना प्रविधि सम्बन्धी कम्तीमा ३० कार्य दिवसको अधिकृतस्तर वा ब्यवस्थापकीय तहको तालिम लिएको हुनुपर्ने उल्लेख छ। यी सबै योग्यता पुरा गरेका राईले प्राधिकरणको सीईओका लागि आवेदन दिएको स्वीकार गरे।

प्राधिकरणको सीईओका लागि आवेदन दिने म्याद कात्तिक २४ मा सकिएको छ। गृह मन्त्रालयको विपत् अध्ययन जोखिम न्यूनीकरण पुनर्लाभ शाखामा सीईओका आकांक्षीहरुको निवेदन परिसकेको छ।

सीईओका लागि आवेदन दिने उम्मेदवारहरुले १० हजार शब्द भएको ब्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्नेछ। शाखाले परेका आवेदनहरु खोली आवेदकहरुको छनोट प्रक्रिया शुरु गर्ने बताइएको छ।

प्राधिकरणको सीईओको कार्यकाल ५ बर्ष हुने ब्यवस्था गरिएको छ। प्राधिकरणको सीईओ छनोट नभएमा उनी आगामी माघसम्म प्रहरीमा काम गर्नेछन्। राई हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा कार्यरत छन्।

विपद ब्यवस्थापनका ज्ञाता !

नेपाल प्रहरीमा जोखिम न्यूनीकरण तथा विपद ब्यवस्थापनमा सबैभन्दा काबिल प्रहरी अफिसर मानिन्छन् एआईजी राई।

नेपाल प्रहरीको विपद ब्यवस्थापन महाशाखामा लामो समय कार्यरत एआईजी राईले नेपालमा महाभूकम्पमा गएको समयमा पनि महाशाखाको प्रमुखको रुपमा प्रहरीको नेतृत्व गरेका थिए।

त्यस बेलाको भूमिकालाई सबैले प्रशंसा गरेका थिए। प्रहरीको विपद ब्यवस्थापन महाशाखाको नीति निर्माणको नेतृत्व पनि उनलै गर्दै आएका छन्।

नेपाल प्रहरीको नेतृत्व गरेर स्रोत व्यक्तिका रुपमा उनी बिभिन्न मुलुकहरुमा समेत गएका छन्। प्रहरीमा जोखिम न्यूनीकरण तथा विपद ब्यवस्थापनमा उनको गहिरो ज्ञान रहकै कारण पूर्व तयारी तथा जोखिम न्युनीकरणका प्रशिक्षणहरुमा उनलाई खटाइने गरिएको छ।

उनले सन् २००१ माएसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर (एडीपीसी)द्वारा नेपालमा दिइएको तालिम लिएका छन्। थाइल्यान्डको बैंककबाट क्षेत्रीय प्रशिक्षकको तालिम, फिलिपिन्समा ‘मास्टर इस्टक्टर’को कोर्स गरेका छन्।

नेपाल प्रहरीलाई पनि त्यस क्षेत्रमा विज्ञको आवश्यकता खड्किरहेको बेला उनले नेपालसहित फिलिपिन्स, बंगलादेश, भारत र पाकिस्तानमा समेत विज्ञका रुपमा काम गरे।

उनले नेपाल प्रहरी विपद व्यवस्थापन महाशाखाको तालिम सञ्चालन गर्ने ‘कोर्स मनिटर’ तथा ‘कोर्ष को–अडिनेटर’ भई तालिमको रुपरेखा तयार गर्ने तथा जनशक्ति परिचालन गरेका छन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...