News Portal

नेपाल-भारत सीमामा सेना राखेर मात्र भारतसँग वार्ता गरौँ : नेकपा नेता रावल

हिमाली संचार संवाददाता
५५६ पटक

सूर्यप्रसाद पाण्डे
काठमाडौं २, २०७६ मंसिर : पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य भीम रावलले नेपाल र भारतबीच सीमा विवाद रहेका ठाउँमा सेना राखेर मात्र दुई मुलुकबीच वार्ता गर्नुपर्ने बताएका छन्।

रत्नराज्यलक्ष्मि क्याम्पसमा सोमबार आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन्।

नेपाल र भारतको सीमा विवाद पुरानो समस्या भएको बताउँदै उनले भने, ‘विगतमा नेताहरुको सत्ता लिप्साका कारण समस्या समाधान हुन सकेन। अहिले दुई तिहाइको बलियो सरकार भएकोले यो पटक जसरी पनि समस्याको समाधान गर्नुपर्छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि सीमा विवाद भएको ठाउँमा तत्काल सेना पठाउनुपर्ने बताए। उनले भने, ‘सबै भन्दा पहिला विवादित ठाउँमा सेना पठाउनुपर्छ।

सँगसँगै सीमा विवाद रहेको ठाउँका बासिन्दालाई बलियो बनाउनुपर्छ। सीमा विवादको समस्या समाधानका लागि कुनै दल विशेष नभनी सबै क्षेत्रका मानिसहरु एकजुट भएर लाग्नुपर्ने उनले बताए।

नेपाल कम्युनिस्ट पार्टीका युवा नेताद्धय ठाकुर गैरे र लेखनाथ न्यौपानेले सीमा सुरक्षाका लागि सरकारले तत्काल कुटनितिक पहल गर्नुपर्ने बताए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...