News Portal

पुराना कम्युनिस्ट नेता मैनालीको घोषणा : जनताले प्रधानमन्त्री ओलीलाई माफी दिँदैनन्

हिमाली संचार संवाददाता
५८८ पटक

काठमाडौं २५, २०७६ कार्तिक : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मालेका महासचिव तथा पुराना कम्युनिस्ट नेता सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने चेतावनी दिएका छन्।

महासचिव मैनालीले कालापानी लगायतका नेपाली भूभाग भारतले मिचेको प्रमाण सरकारसँग रहेको बताउँदै सीमा समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई गम्भीर भएर लाग्न आग्रह गरेका छन्।

आईतबार मालेले भारतले सीमा मिचेको विरोधमा काठमाडौंमा आयोजना गरेको विरोध प्रर्दशनमा बोल्दै मैनालीले दुई मुलुकबीचको सीमा समस्या समाधान नगरे नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारलाई पनि अस्वीकार गर्ने घोषणा गरे।

नेता मैनालीले विज्ञहरूले पटकपटक दिएको सुझावलाई ध्यानमा राखेर सरकारले भारतसँगको सीमा समस्या समाधान गर्नुपर्ने सुझाव दिए। काठमाडौंको प्रर्दशनीमार्गबाट सुरू भएको विरोध प्रर्दशन पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको हो।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...