News Portal

  • आफ्नै पार्टी नेतालाई मनपरी गाली गर्नेलाई प्रदेश प्रमुख बनाएपछि..

    हिमाली संचार संवाददाता
    ५१२ पटक

    काठमाडौं १९, २०७६ कार्तिक : २०७४ असारमा सम्पन्न स्थानीय निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजीत भएका विष्णुप्रसाद प्रसाईलाई ३ नम्बर प्रदेश प्रमुखमा नियुक्त गरिएको छ।

    तत्कालीन एमालेबाट उनी मेयरका उम्मेदवार थिए तर कांग्रेसका आचार्यसँग उनी १ हजार ३ सय ५४ मतान्तरले पराजीत भएका थिए। उपमेयरमा एमालेबाट मिना पोखरेल उप्रेती बिजयी भएकी थिइन्।

    एमालेबाट उम्मेदवार भएकी उपमेयर जित्ने तर मेयर पराजीत भएपछि प्रसाई झन् आक्रोसित भएर विवेक नै गुमाउन पुगेका थिए।

    “प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख बनाउन वेदुराम भूसाल, प्रदीप नेपाल, अमृत बोहरालाई मानेनन्।”

    मेयरमा पराजीत भएपछि प्रसाईले पार्टी नेता रविन कोइरालालाई मा… मु.. जस्ता अश्लिल गालीगलौज गर्दै ‘मलाई हराउने तै होइनस्’ भन्दै सभ्य समाजले पचाउनै नसक्ने हर्कत पनि देखाएको नेकपाकै कार्यकर्ता बताउँछन्।

    चुनावमा पराजीत भइसकेपछि उनले देखाएको ब्यवहारले तत्कालीन एमाले पंक्ति नै लज्जित भएको थियो। तिनै प्रसाईलाई प्रधानमन्त्री ओलीले प्रदेश प्रमुख बनाएपछि नेकपा झापाका नेताहरु आश्चर्यमा परेका छन्।

    विष्णु प्रसाईलाई प्रदेश प्रमुख बनाउने निर्णयका पक्षमा नेकपामा कोही नभए पनि प्रधानमन्त्री ओलीले पेलेरै निर्णय गराए।

    नेकपाका बरिष्ठ नेता माधव नेपालले बेदुराम भूसाल, प्रदीप नेपाल, अमृत बोहरा जस्ता नेताको नाम लिए पनि उनको कुरा सम्बोधन हुन सकेन।

    सरकारले पूर्वमाओवादी कोटाबाट ३ र साविक एमालेबाट ४ जनालाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ।

    अमिक शेरचन गण्डकी प्रदेश, तिलक परियार २ नम्बर प्रदेश र शर्मिलाकुमारी त्रिपाठी पन्त सुदूरपश्चिम प्रदेश माओवादी कोटाबाट भएका हुन्।

    शेरचन पूर्वउपप्रधानमन्त्री हुन्। परियार पुराना माओवादी नेता हुन्। उनी माओवादी रामबहादुर थापा बादल र पम्फा भूसालहरुसँगै एकतामा आएका हुन्।

    शर्मिला बेपत्ता पारिएका माओवादी नेता ज्ञानेन्द्र त्रिपाठीकी श्रीमती हुन्। माओवादीले उनलाई प्रदेश प्रमुख बनाएर बेपत्ता परिवारलाई पनि स्थान दिएको छ।

    एमालेबाट पुराना वामनेता सोमनाथ अधिकारी प्यासी १ नम्बर प्रदेश प्रमुख, धर्मनाथ यादव ५ नम्बर, विष्णु प्रसाई ३ नम्बर र गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेशको प्रमुखमा नियुक्त भएका छन्। एमालेबाट नियुक्त भएका सबै प्रधानमन्त्री ओली निकट हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...