News Portal

नायक रमेश उप्रेतीसहित कलाकारद्वय विनोद र करिस्मा मानन्धर युएईमा

हिमाली संचार संवाददाता
७६० पटक

आरपी ढुंगाना
युएई ३, २०१९ नोभेम्बर : नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिस्मा मानन्धर, निर्माता विनोद मानन्धरसहित चर्चित नायक रमेश उप्रेती सपरिवार युएईको भ्रमण रहेका छन्।

पाँच दिने भ्रमणको लागि ३१ अक्टोबर विहिबार दिउँसो १ बजे दुबई आएका कलाकारहरु युएईका मुख्य पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको यात्रा सहजीकरण गरिरहेका नेपाली व्यावसायी ओम उप्रेतीले जानकारी दिए।

उप्रेतीका अनुसार शुक्रबार इनास युएईको एक रिसेप्सनमा बरदुबईको एभरेष्ट क्लब एन्ड बारमा दिउँसो कलाकारहरु भाग लिएका छन् भने शुक्रबार अपह्नतिर कलाकारहरुको टाेली डेजर्ट सफारी गएका छन्।

शनिबार अबुधाबीका मुख्य पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण कलाकार टोलीले गर्नेछ भने बाँकी दिनहरुमा रस अल खेमा र अलएनको भ्रमण गर्ने तालिका रहेको छ।

भ्रमणटोलीमा नायिका करिस्मा मानन्धर, निर्माता तथा निर्देशक विनोद मानन्धर, छोरी कविता र उनकी साथी चन्दन साथै नायक रमेश उप्रेतीको साथमा उनकी श्रीमती किरन उप्रेती पनि सहभागी छन्।

युएईको भौतिक विकास, सार्वजनिक सुविधा र कलासंस्कृतिको बारेमा जान्ने उदेश्य लिएर यो भ्रमण गर्न लागेको नायिका मानन्धरले जानकारी दिएकी छन्।

नायक उप्रेतीले पटकपटक युएईको भ्रमण गरे पनि यहाँको हरेक कुराले लोभ्याउने गरेका कारण पुनः युएई आएको बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...