News Portal

सन्दीपजंग शाह लगायतका नेताहरुको विनाशर्त रिहाई गर्न तरुण दलको माग

हिमाली संचार संवाददाता
६८६ पटक

काठमाडौं १५, २०७६ कार्तिक : नेपाल तरुण दलले नेपालगंज उपमहानगरपालीकाका अध्यक्ष सन्दीपजंग शाह लगायतका तरुण नेताहरुलाई राती अराजक शैलीमा प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ।

दलका अध्यक्ष जितजंग बस्नेतले घरायसी छलफलमा बसिरहेका बेला प्रहरीको अराजक भीड आएको र प्रहरीले ल्याएको हतियार नेता शाहको गाडीबाट बरामद गरेको आरोप लगाएको बताउँदै त्यस्तो हर्कत गर्ने भ्रष्ट कम्युनिष्ट सरकारलाई नसच्चिए ठेगान लगाउने चेतावनी दिएका छन्।

काँग्रेस युवा नेता समेत रहेका अध्यक्ष बस्नेतले झुठा मुद्धा लगाउन नेता शाहलाई फसाउन खोज्ने प्रहरीका स्थानीय डीएसपी लगायत षढ्यन्त्रकारी प्रहरीलाई कारबाही गर्दै शाह लगायतका नेताहरुलाई बिनाशर्त रिहाई गर्न ध्यानाकर्षण गराएका छन्।

अध्यक्ष बस्नेतले अध्यक्ष शाहसहित दिनेश कुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली, यमबहादुर बुढालाई बिना शर्त रिहाई गर्न भन्दै यस्ता कार्यमा लोकतन्त्रबादी तरुणहरुलाई आईन्दादेखी फसाउने कार्य नगर्न भनेका छन्। उनले प्रहरीलाई निष्पक्ष रुपमा अनुसंधान गरी बन्दुक कसरी आएको हो, फिँगर प्रिन्ट जाँच गर्न समेत चुनौती दिएका हुन्।

बिहीबार राती ८ः ३० बजे शाह लगायतका नेताहरु पक्राउ परेपछि अध्यक्ष बस्नेतले विज्ञप्ती निकाल्दै उक्त कुरा बताएका हुन्।

नेपालगंजमा १ महिनाअघि नेकपाका कार्यकर्ताले काँग्रेस जिल्ला सभापति किरण कोईराला लगायतलाई कार्यक्रम स्थलमा प्रवेश गरी आक्रमण गरेका थिए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...