आज : २०२६-०६-३०, मङ्गलबार

रंगेलीमा छट पर्वकाे चहलपल सुरु

रबिन्द्र बराल/मोरङ १५, २०७६ कार्तिक : माेरङकाे रंगेली अासपासका बसाेवास गर्ने सर्वसाधारणहरु अहिले छठ पर्वका लागि तयारीमा जुटेका छन। छठ पर्वको नजिकिँदै जाँदा अहिले मानिसहरु छठको तयारीमा जुटेका हुन।

विपन्नदेखि सम्पन्न घरपरिवारका मानिसहरु समेत अहिले छठ पर्वका लागि किनमेलमा गर्ने व्यस्त हुन थालेका छन्।

अहिले रंगेली, डाईनिया, अमरदह कर्सिया तथा माेरङकाे पुरानो दाेहमना वजारमा समेत छठको किनमेल गर्नेहरुको निकै भीड हुने गरेको छ। याे पर्व निष्ठा र विधिपूर्वक मनाइने पर्व रहेको वुडापाका हरु बताउँछन्।

अहिले वजारमा बाँसका डाला, नाङ्लो, ढकिया, माटाको ढक्ना , नरिवल र सख्खर किनमेल गर्न सर्वसाधारणहरु व्यस्त हुन थालेका छन।

छट पर्व ४ दिनसम्म मनाइने पर्व हाे। बिहीबार पहिलो दिन नुहाएर चोखो भई खाने, शुक्रबार दोस्रो दिन खरना, शनिबार अस्ताउँदो सुर्यलाई पुजा अाजा गर्ने दिने र आईतबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छट पुजा समापन हुने गर्छ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो र उसिनेको चामललगायतका सामाग्रीहरु बार्ने चलन समेत छ। अहिले बजारमा हरेक सरसामानकाे मुल्य भने अाकासिएकाे छ भने व्यापारीहरुले मनपरि सामग्रीहरु बिक्रीवितरण समेत गरिरहेका छन।

मधेसी समुदायकाबीच मात्र होइन छठ पहाडी समुदायकाबीचमा समेत लोकप्रिय हुदै गएको छ। घर, पसल र सार्वजनिक स्थानमा समेत छठको गीत गुञ्जिरहेका छन।