News Portal

रंगेलीमा छट पर्वकाे चहलपल सुरु

हिमाली संचार संवाददाता
५९१ पटक

रबिन्द्र बराल/मोरङ १५, २०७६ कार्तिक : माेरङकाे रंगेली अासपासका बसाेवास गर्ने सर्वसाधारणहरु अहिले छठ पर्वका लागि तयारीमा जुटेका छन। छठ पर्वको नजिकिँदै जाँदा अहिले मानिसहरु छठको तयारीमा जुटेका हुन।

विपन्नदेखि सम्पन्न घरपरिवारका मानिसहरु समेत अहिले छठ पर्वका लागि किनमेलमा गर्ने व्यस्त हुन थालेका छन्।

अहिले रंगेली, डाईनिया, अमरदह कर्सिया तथा माेरङकाे पुरानो दाेहमना वजारमा समेत छठको किनमेल गर्नेहरुको निकै भीड हुने गरेको छ। याे पर्व निष्ठा र विधिपूर्वक मनाइने पर्व रहेको वुडापाका हरु बताउँछन्।

अहिले वजारमा बाँसका डाला, नाङ्लो, ढकिया, माटाको ढक्ना , नरिवल र सख्खर किनमेल गर्न सर्वसाधारणहरु व्यस्त हुन थालेका छन।

छट पर्व ४ दिनसम्म मनाइने पर्व हाे। बिहीबार पहिलो दिन नुहाएर चोखो भई खाने, शुक्रबार दोस्रो दिन खरना, शनिबार अस्ताउँदो सुर्यलाई पुजा अाजा गर्ने दिने र आईतबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छट पुजा समापन हुने गर्छ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो र उसिनेको चामललगायतका सामाग्रीहरु बार्ने चलन समेत छ। अहिले बजारमा हरेक सरसामानकाे मुल्य भने अाकासिएकाे छ भने व्यापारीहरुले मनपरि सामग्रीहरु बिक्रीवितरण समेत गरिरहेका छन।

मधेसी समुदायकाबीच मात्र होइन छठ पहाडी समुदायकाबीचमा समेत लोकप्रिय हुदै गएको छ। घर, पसल र सार्वजनिक स्थानमा समेत छठको गीत गुञ्जिरहेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...