News Portal

दिपक आचार्य जलनको गीत अचानो बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
२१६९ पटक
२०७६ कार्तिक १४ गते

काठमाडौं – गजलकार दिपक आचार्य´जलन`को गजल संग्रह “अचानोमा दिल” भित्रको “अचानो” नामक गजलिए गीति कोसेली भर्खरै मात्र बजारमा आएको छ।

हिमालीसंचार डटकममा सुरुवातीदेखि नै साहित्यिक कार्यक्रम “शब्द सागर” मार्फत विभिन्न श्रष्टाहरुका रचनाहरुलाई स्थान दिदै कार्यक्रमलाई अगाडि बढाईरहेका जलनले कुवेत बसाईलाई बिट मारेर सन् २०१६ मा स्वदेश फर्किएपछि गजल संग्रह “अचानोमा दिल” प्रकाशनमा ल्याएका थिए।

साहित्यमा निकै सक्रिय जलन रोजगारीकै शिलशिलामा पुनः साउदी अरब पुगे। त्यहाको बसाईलाई पनि बिट मार्दै सन् २०१९ मा स्वदेश फर्किएको केही समयपछि उनको शब्दमा रहेको “अचानो” नामक गीति कोसेली बजारमा ल्याए।

उक्त गीतमा गायक राजेन्द्र बजगाईको स्वर तथा म्युजिक रहेको छ। मोहित मुनालले उक्त गीतको म्युजिक एरेन्ज गरेका थिए भने किशान श्रेष्ठले मिक्सिङ गरेका हुन।

प्रहिल कार्कीको निर्देशनमा सो गीतको म्युजिक भिडियोमा सन्दीप श्रेष्ठले अभिनय गरेका छन भने अखिल बास्तोलाले दृश्य कैद गरेका हुन। माधब वेलवासेको सम्पादनमा रहेको उक्त गीतको म्युजिक भिडियो गायक बजगाईकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।

गीतको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...