News Portal

बिश्वकर्मापुजा नजिकिँदै जाँदा माटाको मुर्ति बनाउने कलाकारहरु ब्यस्त

हिमाली संचार संवाददाता
७३४ पटक

भदौ १ शुक्रबार
रबिन्द्र बराल  – सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउन ब्यस्त हुन थालेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटो र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माको मुर्ति बनाउन थालेका छन ।

कलाकारहरुले असार महिनाको पहिलो साताबाट मुख्य बजारमा आएर कोठा वा खालि जमिन भाडामा लिएर मुर्ति बनाउन थालेका छन । उनिहरुले आफ्नो हस्तकलाको माध्यमबाट तीन महिनाको अबधिमा १ लाख देखि डेढ लाख रुपैयाँ सम्म कमाउने गरेकोे कलाकारहरु बताउछन ।

उनिहरुले पराललाई डोरीले बाँधेर हात,खुट्टा र शरिरको आकृति निकालेर त्यसलाई चिम्टाईलो माटोले उक्त आकृतिमा माटोले लिप्ने गर्दे छन । त्यसपछि उक्त मुर्तिलाई घाममा सुकाएर बिभिन्न रंग रोगन गरेर बिक्रीवितरण गर्ने गर्देछन। तराईका जिल्लाहरुमा असोज १ गते यस्ता मुर्तिहरुको बढी किनमेल हुने गरेको छ । आफ्नो जेठो दाजु बितेपछि आफ्नो घर खर्च चलाउनका लागि आफुले कक्षा ५ मात्रै पढेर छाडनु परेको जहदा गाउँपालिका घर भएका गौरीशंकर मंन्डलले वताए ।

अहिले यहि पेसाबाट आफुले ८ परिवार पालिरहेको उनले बताए । बुबाले पनि यही पेसामा लागेको हुनाले आफुले पनि बुबाको काम देखेर सिकेको समेत उनले बताए । बिगत १० बर्ष देखि आफु यो कलाकार पेसामा लागेको र आफुलाई राम्रो आम्दानीको स्रोत भएको उनको भनाइ छ । एक मुर्ति बराबर २ हजार रुपैयाँ प्रतिगोटा देखि १५ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन ।

असोज १ गते विशेषरुपमा बिश्वकर्माको पुजाआजा गर्ने गर्दछन । यस दिन यातायात,कलकारखाना तथा फलामको बस्तु रहेका सबै प्रकारका सरसामानहरुको बिशेष पुजा गरिन्छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...