News Portal

नेशनल मेडिकल कलेज : सत्यतथ्य छानबिन गर्न ९ विद्यार्थी संगठनद्वारा माग

हिमाली संचार संवाददाता
५४५ पटक

काठमाडौं १०, २०७६ कार्तिक : चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुसँग मापदण्ड बिपरित मेडिकल कलेजहरुले शुल्क लिएको भन्दै नेशनल मेडिकल कलेजमा भएको आन्दोलनमा कलेज संचालकले गुन्डा लगाएर आफुहरु माथी कुटपिट गरेको आन्दोलनरत विद्यार्थीहरुले आरोप लगाएपछि घटनाको सत्यतथ्य छानबिन गर्न प्रतिपक्ष दलका ९ विद्यार्थी संगठनहरुले सरकारसँग माग गरेका छन।

शनिवार एक बिज्ञप्ति जारी गर्दै ९ विद्यार्थी संगठनहरुले घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथी कार्वाही गर्न पनि माग गरेका छन।

बिज्ञप्तिमा नेपाल विद्यार्थी संघको तर्फबाट नेपाल विद्यार्थी संघका पुर्वउपाध्यक्ष ऋषिकेश जंग शाह, अखिल नेपाल विद्यार्थी युनियन अध्यक्ष प्रवीण मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियु पाँचौका अध्यक्ष घनश्याम मिश्र, समाजबादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायन श्रेष्ठ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष चिरञ्जीवी यादव, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल र राष्ट्रवादी विद्यार्थी संघका संयोजक अनुप लामिछानेको हस्ताक्षर रहेको छ।

नौ विद्यार्थी संगठनको सयुक्त प्रेस बिज्ञप्तिमा अवैधानिक रुपमा विद्यार्थीसँग लिएको शुल्क तत्काल ब्याजसहित विद्यार्थी फिर्ता गर्न कलेज संचालकहरुलाई आग्रह गरिएको छ।

केही दिन अघि निजि कलेज संचालक, सरकार र बिश्वविद्यालयका उपकुलपतिको मिलेमतोमा भएको विद्यार्थी मारा कदम प्रती गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ।

नेपाल सरकारको निति नियमको परिधिभित्र रहि मेडिकल कलेज संचालन गर्न नसक्ने भए ॠण र चुक्ता पुँजीको मुल्यांकन गरि देशभरीका मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्न पनि माग गरीएको छ।

यस्तो बिज्ञप्ती:

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...