News Portal

सिटि अफ ड्रिम मकाउमा कार्यरत नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई २ लाख सहयोग

हिमाली संचार संवाददाता
११२६ पटक

कर्ण अधिकारी
मकाउ – ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान ९ बजे प्रेसर र इन्टरनल ब्लिडिङका कारण असामयिक निधन भएकोमा उहाँको निधन प्रति सिटि अफ ड्रिम क्यासिनो र स्टुडियो सिटि क्यासिनोमा कार्यरत नेपाली सेक्युरीटी परीवारले दु:ख ब्यक्त गर्दै मृतकका परीवारलाई केहि आर्थिक सहयोग गरौ भन्ने उदेश्य राखेर गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउले पठाएको पत्रलाई आधार मान्दै सिटि अफ ड्रिम क्यासिनो र स्टुडियो सिटी क्यासिनो कार्यरत रहेका नेपालीहरू बाट रकम संकलन गरेर सिटि अफ ड्रिमको तर्फबाट मोप ८०२७ अर्थात नेरू.१ लाख १० हजार ४२५ रूपैया र स्टुडियो सिटी क्यासिनोबाट मोप ७२५० र ५ सय एच केडी अर्थात ने रू १ लाख ६ हजार ८ सय ४५ रूपैया गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय आईसीसी सदस्य मुकेश बरूवाल र गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका उपाध्यक्ष मंगल राईलाई गैर आबासीय नेपाली संघ एशिया प्यासेफिकका आर्थिक स्थायीत्व समितिका सह संयोजक अम्बिर जोशी र स्टुडियो सिटी क्यासिनोमा कार्यरत समाजसेवी एवं खेलाडी शंकर धमलाले हस्तान्तरण गरेका थिए।

बिगतका देखि नै सिटीअफ ड्रिम र स्टुडियो सिटी क्यासिनोमा कार्यरत रहेका नेपालीहरूले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरूलाई दु:ख पर्दा सहयोग गर्दै आएको छ।भूकम्प पीडित,पहिरो पिडित देखि मकाउमा मृत्यू भएका नेपालीहरूको परीबारलाई आर्थिक सहयोग गर्दै आएको छ।यस्ता समस्या परेका नेपालीहरूलाई सहयोग गर्नु हाम्रो कर्तब्य र धर्म भन्छन सिटि अफ ड्रिम क्यासिनोमा कार्यरत अम्बिर जोशी र शंकर धमला।आउदा दिनहरूमा पनि यसरी नै सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...