News Portal

विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा पाण्डे

हिमाली संचार संवाददाता
४२८ पटक

कार्तिक ६, २०७६ काठमाडौं : विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। असोज २८ गतेदेखि सुरु भएको राष्ट्रिय सम्मेलन प्रदेश २ को राजधानी जनकपुरमा मंगलबार सम्पन्न भएको हो।

गत असारमा रोल्पामा नीति सम्मेलन गरेको विवेकशील नेपाली दलले यसपटक जनकपुरबाट राष्ट्रिय सम्मेलन गर्दै नेतृत्व चयन गरेको हो। विवेकशील नेपाली दलले आफ्नो पदाधिकारीमा कम्तीमा ५० प्रतिशत महिला नेतृत्व सुरक्षित गरेको छ।

१८ वर्षदेखि २१ वर्षसम्मको दुई युवालाई केन्द्रीय कमिटीमा सम्मिलित गर्नैपर्ने व्यवस्था गरेको छ। साथै, यसपालि विवेकशील नेपाली दलले दुईवटा अर्को अभ्यास पनि गर्‍यो।

विवेकशील नेपालीले राष्ट्रिय राजनीतिमा पनि विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्ने मुद्दा उठाइरहेको छ, त्यसमा विवेकशील नेपालीले आन्तरिक अभ्यास गरेर नयाँ आरम्भ गरेको छ।

विवेकशील नेपाली दलले संघीय समितिको निर्वाचनमा अध्यक्षमा मिलन पाण्डे, उपाध्यक्षमा अजीता राई, महासचिवमा निर्देश सिलवाल, कोषाध्यक्षमा सुमित्रा गुरुङ, नीति सचिवमा सञ्जीव भट्टराई अनि व्यवस्थापन सचिवमा संगीता बाटाजु निर्वाचित गरेको छ।

संघीय समिति सदस्यमा आलोक सुवेदी, आशुतोष प्रधान, महेश पाठक, जेसन वैद्य, सचेन घले, प्रमेश श्रेष्ठ, आशिष राई, कृष्ण भट्टराई, शिशिर राई, शिशिर बंजारा निर्वाचित भएका छन्।

समिति सदस्य महिलामा रजिया बानु, प्रतिभा डङ्गोल र सरला लामिछाने निर्वाचित भएका छन्। संघीय सदस्य (आदिवासी-जनजाति) मा छिरिङ तामाङ, संघीय सदस्य (मुस्लिम समुदाय) जमाल अलि, संघीय सदस्य (युवा समूह) मनिश खनाल निर्वाचित भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...