News Portal

कांग्रेस सिम्ता गाउँपालिकाको दिपावली विशेष कार्यक्रम सम्पन्न, नेकपाका ४ कार्यकर्ताले गरे कांग्रेस प्रवेश

कमल सिंह ठकुरी
१६६० पटक

कार्तिक २, २०७६ सुर्खेत : नेपाल शिक्षक संघ सिम्ता गाउँपालिका र नेपाल विद्यार्थी संघ सिम्ता गाउँपालिकाको आयोजनामा दिपावली, छटपर्व विशेष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस सुर्खेतका उपसभापति टेक बहादुर सिंह, केन्द्रिय शिक्षक प्रतिनिधि भक्त बहादुर पोखरेल, नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य भिम बहादुर मल्ल र सहसचीव मोहन राना, नेपाली कांग्रेस सिम्ता गाउँपालिकाका सभापति राजेन्द्र सिंह, वडा नम्बर ४ बजेडिचौरका सभापति असोक केसि, वडा नम्बर २ काफलकोटका सभापति हरि बहादुर सिंह लगायतले मन्तव्य राखेका थिए।

त्यस्तैगरी उक्त कार्यक्रममा नेकपा परित्याग गरि गंगा बिक, लाली राना, शुशिला परियार र धर्म राना गरि ४ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन। नेपाल विद्यार्थी संघका नेता बिकि बादी र नेपाल महिला संघ सिम्ता गाउँपालिकाकि सदस्य बालकुमारी शर्माको सक्रियतामा नेपाली कांग्रेस प्रवेश गरेका हुन।

नवप्रवेशी पाचै जनालाई कार्यक्रमका प्रमुख अतिथि तथा सुर्खेत जिल्ला उपसभापती टेक बहादुर सिंह, क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य भिम बहादुर मल्ल र सहसचिव मोहन रानाले नेपाली कांग्रेस पार्टीमा स्वागत गरेको वडा नम्बर ७ काप्रीचौरका तरुणदल अध्यक्ष गंगाराम सापकोटाले जानकारी दिए।

बिकि बादिले संचालन गरेको कार्यक्रम शिक्षक संघ सिम्ता गाउँपालिकाका अध्यक्ष कर्ण राणाको सभापतित्वमा सम्पन्न भएको थियोे।

चार (४) जना हुनुपर्नेमा अन्यथा भएकोमा क्षमा याचना गर्दछौ। – सम्पादक

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...