News Portal

सावित्री लुइँटेल घिमिरेका तीन (३) मुक्तक !!!

हिमाली संचार संवाददाता
१३३० पटक

मुक्तक – (१)

न जात न धर्म न त उमेर देखें मायाको
मात्र निश्चल ध्वनिसंयोग भेटें मायाको
अनि आँफैमा शुद्रता अनुभूति दिलाउने
जीवनको सकारात्मक भाव हेरें मायाको।

मुक्तक – (२)

नारि अस्मिताको खिल्ली उडाउनेहरु होशियार
आफ्नो इक्षा थोपरी मेशिन बनाउनेहरु होशियार
चुला चौकाका बुलन्द आवाजहरु चुप बस्दैनन् अब
प्रलोभनमा पारि अबला मन दुखाउनेहरु होशियार।।

मुक्तक – (३)

छैन सच्चा सपुतलाइ बाँच्ने कुनै अधिकार छैन
निकम्माछ सरकार, सबैलाई एकै व्यवहार छैन
जो देश र जनताको निम्ति आँफुलाइ अर्पण गर्छ
उसैलाई खुल्ला आकासमा सास फेर्ने आधार छैन।।।

सावित्री लुइँटेल घिमिरे
– बिर्तामोड झापा
हाल : इजरायल

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...