News Portal

सडकका पोलपोलमा राष्ट्रपतिका तस्वीर

हिमाली संचार संवाददाता
४७३ पटक

२३ असोज २०७६, काठमाडौं : मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने भ्रमणमा काठमाडौं आउने दिन नजिकिँदै जाँदा विशिष्ट पाहुनाको स्वागतमा सडकका पोल-पोलमा राष्ट्रपति सीका तस्वीर टाँगिएका छन्।

चिनियाँ राष्ट्रपति सीको तस्वीरसँगै राष्ट्रपति विद्यादेवी भण्डारीका तस्वीरसमेत सजाइएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आउन लागेका हुन्।

उनी आइतबारसम्म काठमाडौंमा रहनेछन्। उच्चस्तरीय पाहुनाको स्वागतका लागि काठमाडौंलाई रातारात सजिसजाऊ बनाइएको छ।

चिनियाँ राष्ट्रपतिको स्वागतमा सरकारले त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि शहरका विभिन्न ठाउँमा तस्वीरहरु सजाएको छ।

सडक किनारामा राष्ट्रपतिद्वय सी र विद्यादेवी भण्डारीका तस्वीर देख्न सकिन्छ। नयाँ बानेश्वर संसद भवन अगाडिको सडकमा पनि दुबै देशका राष्ट्र प्रमुखका तस्वीर सजाइएका छन्।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...