News Portal

छोरा, मातृभूमिको ऋण तिरि सकिन्न, नेपाल र नेपालीका लागि सधैँ लाग्नु !

हिमाली संचार संवाददाता
८८५ पटक

२२ असोज २०७६ ललितपुर : गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष कुल आचार्यले आमा ८७ वर्षीया नन्दकला आचार्यको हातबाट टीका ग्रहण गरेका छन्।

ललितपुरको सानेपा हाइटस्थित निवासमा उपाध्यक्ष आचार्यले आमा नन्दकलाबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरेका हुन्।

करिव तीन दशकअघि श्रीमान् गुमाएकी नन्दकलाले गैरआवासीय नेपाली संघका अध्यक्षका प्रत्यासी आचार्यले गरेको संघर्ष पनि स्मरण गरिन्।

‘बाबु, तिमीले धेरै दुःख, कष्ट र संघर्ष गरेका छौं, विदेशमा धेरै नेपाली मान्छे कष्टमा परेका छन् भन्ने सुनेकी छु,’ नन्दकलाले आशिष दिँदै भनिन्, ‘विदेशमा काम गर्ने हरेक नेपालीको संघर्ष आफ्नै ठानेर सहयोग गर्नु, त्यतिभए पुग्छ।

आचार्यकी आमाले जहाँ पुगे पनि नेपालका लागि काम गर्न सुझाव पनि दिइन्। ‘म तिम्री आमा, नेपाल सबैकी आमा,’ उनले भनिन्, ‘आफू जन्मेको माटोको ऋण कहिल्यै तिरिसकिँदैन त्यसैले सधैँ नेपालको उन्नतिका लागि काम गर्नु।

आचार्यका बुवा ज्योतिष एवम् पण्डित धर्मनाथ उपाध्याय पर्वतको धाइरिङका सामाजिक अभियन्ता पनि थिए। बुवाको निधनपछि आचार्यकै काँधका पारिवारिक जिम्मेवारी आएको थियो।

‘मेहनत गरे अनुसार मेरा छोराले सफलता पाएको छ, अब (गैरआवासीय नेपाली संघ एनआरएनएको) अध्यक्ष बन्छु भन्दै छ,’ नन्दकलाले भनिन्, ‘मेरो आशिर्वाद छ छोरालाई, यतिञ्जेल सबैको भलो गरिरहेको छ, अब पनि त्यसरी नै अघि बढ्न पुगोस्।

छोराको संघर्षलाई सझिँदा नन्दकला अलिकति भावुक पनि भइन्। तर, छोराले आफ्नो सदिक्षा अनुसार काम गरेको देख्दा उनलाई खुशी लाग्दोरहेछ।

‘मेरो छोरा सानैदेखि बुझ्ने, भनेको मान्ने हो, अब त झन् ठूलो ठाउँमा पुगेको छ,’ उनले भनिन्, ‘जे गर्छ, सबैको हितमै काम गर्न भन्नेमा ढुक्क छु।

गत साता काठमाडौं आइपुगेका आचार्यले अघिल्लो वर्ष पनि नेपालमै दशैं मनाएका थिए। ‘जहाँ पुगे पनि चाडपर्वमा आमाको आशिर्वाद लिएर मनाउन मन लाग्छ, त्यसैले सबै काम छोडेर पनि नेपाल आउछु,’ आचार्यले भने।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...