News Portal

पत्रकार बर्मालाई मेयर यादवद्धारा कुटपिट

हिमाली संचार संवाददाता
९६५ पटक

कलैया १६ असोज : इंटरनेशनल प्रेस क्लब नेपाल चेप्टरका सदस्य तथा सिआईएन नेपाल डटकमका संचालक अनिल बर्मालाई महागढीमाई नग्पालिकाका मेयर उपेन्द्र यादवले कुटपिट गरेका छन्।

विहिबार पत्रकार बर्मा नगरपालिकामा रहेको सरकारी गाडीको प्रयोग तथा त्यसमा प्रयोग हुने ईन्धनका बारेमा अधुरो सूचना दिएकोमा बाकी रहेको सूचना माँग गर्न गएका बेला सूचना अधिकारी कृष्ण सिहले सूचना नदिई तपाईलाई मेयर साहेवले बोलाएको भनेपछि म मेयर यादवलाई भेटन जादा कोठामा पसेपछि मेयर साहव नम्सकार भनेको शब्द नसकिदै मेयर यादवले आफनै कार्यकक्षमा नाना थरीका गाली गलौज गरि हातपात गर्दै कुटपिट समेत गरेको पिडित बर्माले जानकारी दिए।

त्यति मात्र नभई मेयर यादवले नगर प्रहरीलाई लगाई समेत मलाई लछारपछार गरी कुटपिट गर्न लगाई समसुङ्ग १ थान, सादा मोवाईल १ थान, संस्थाको आडीकार्ड १ थान समेत खोसी लिएको बर्माको अरोप रहेको छ।

१५ दिन पहिला सो सूचना माँग गरेपछि गाडीको विवरण दिएको र तेलको प्रयोग के कति भएको हो भने सूचना नदिएको बर्माको गुनसा रहेको छ। कानुनी राज्यमा पनि सूचना पाउनु नागरिकको अधिकार हुदा हुदै मलाई यसरी कुटपिट गरि मेयर यादवले कानुन भन्दा माथि आफु रहेको प्रमाण दिएका हुन।

मलाई कुटपिट गरी मेरो ईज्जत र प्रतिष्ठन माथि नै खेलवाड गरेको हुदा मेयर यादव र नगर प्रहरीलाई हदै सम्मको कार्यवाही गर्न बर्माले माँग गरे। यसैविच पिडित पत्रकार बर्माले न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन्।

निवेदनको दर्ता नम्बर ९ सय ६७ रहेको छ। पत्रकारहरुले घटना निन्दनीय रहेको भन्दै दोषीमाथि कार्यवाही गर्न माँग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले घटनाबारे आफुले पनि छानविन गरि दोषी ठहरिए प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता ब्यक्त गरेका पिडित बार्मले भने।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...