News Portal

सरगम संगितालयले सम्पन्न गर्‍यो बिर्तामोडमा बडादशैँ सांस्कृतिक कार्यक्रम

हिमाली संचार संवाददाता
९३१ पटक

प्रबिन बिसि
बिर्तामोड १२ असोज : झापाको बिर्तामोड स्थित सरगम संगितालयले आउदै गरेको बडादशैँको अवसरमा शनिबार सांस्कृतिक कार्यक्रमको आयोजना गरि कला प्रर्दशन गरेको छ।

करिब डेढ बर्ष देखि सामाजिक कार्यमा समर्पित संगितालयले गत बर्ष झै यसवर्ष पनि दशै नजिकिदै गर्दा यो कार्यक्रमको आयोजना गरेको संगितालयका प्रबन्ध निर्देशक तथा प्रशिक्षक दिपक रायमाझिले जानकारी दिनुभयो।

प्रशिक्षक रायमाझिको सभापतित्व तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा बिशिष्ट अतिथि बरिष्ठ रचनाकार तथा संगितकार शिव शंकर थापा, मणि बर्देवा लगायत २ सय भन्दा बढिको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली पहिचानमा अधारित बिभिन्न जातजातीहरुका भाषा, सस्कृति र मौलिकताको जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको रायमाझिले बताउनु भयो।

बिभिन्न जातिय पोशाक लगायका संगितालयका बिद्यार्थीहरुले बिभिन्न भाषाभाषिका गितहरु प्रस्तुत गरेका थिए। यसै बिच प्रमुख अतिथि प्रसाइले यस्ता कार्यक्रमले सामाजमा सकरात्मक प्रभाब पारेको भन्दै पोशाक र भाषालाई सधै सम्मान गर्नु पर्ने बताउनुभयो।

नेपाली युवाहरुमा बहिरी फेसनको सिकोले मौलिकतामा असर गरेको भन्दै सस्कृति जोगाउन युवा वर्गनै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सरगम बिद्यार्थी मञ्चका अध्यक्ष राम चन्द्र नेपालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा श्राद्धा प्रसाईले स्वागत तथा संचारकर्मी प्रबिन बिसी, कृतिका खतिवडा र एलिना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...