भैंसीपालनबाट मनग्ये आम्दानी
७ असोज २०७६ सल्यान : पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा एक अपांग व्यक्तिले भैंसीपालनबाट मनग्ये आम्दानी गरेका छन।
कुमाख गाउपालिका वडा न २ खारखोलाका याम बहादुर बुढाले २ वर्ष देखि भैंसीपालन गरेर मनग्ये आन्दानी गरेका छन। १३ वर्ष देखि अस्थायी रुपमा सल्लीबजार बस्दै आएका बुढा पहिले गाडीमा सहचालक काम गर्दै आएका थिए।
२ वर्ष अगाडि गाडी दुर्घटना हुदा उनको दायाँ खुट्टा भाचिएको छ। आफुले सामान्य भैंसी हेर्ने दुध बेच्ने काम गरे पनि श्रीमतीले नै घाँस ल्याउने काम गरेको र यसमा श्रीमतीले अलि बढी मेहनत गर्ने गरेको बुढाले बताए।
ठुलो ३ वटा र सानो ३ वटा सहित ६ वटा भैंसी छन। २ वटा भैंसीले अहिले दैनिक २४ माना दूध दिने गरेको मासिक २५ हजारसम्म कमाई हुने गरेको छ। अहिले दुध सल्लीबजारमा नै खपत हुने गरेको र बजारको माग अनुसार बजारमा नै दूध पुर्याउन सकिएको छैन उनले बताए।
साथै ३ रोपनी जग्गा वार्षिक १२ हजार रुपैया भाडामा तिरेर तरकारी गरिरहेको र अहिले आधा रोपनीमा घाँस र अर्को आधा रोपनीमा तरकारी खेत गरेर आफुले तरकारी खेतीबाट मासिक ८/९ हजार कमाउने गरेको बताएका छन।
भैंसी पालन र तरकारी खेतीबाट गरेर मासिक ३५ हजार बनाउने र छोराछोरी पालन/पढाइ खर्च जुटाउन समस्या नभएको बताए।
आफुले भैंसीपालन र तरकारी खेती नगरेको भए अहिले सायद बजारमा बस्ने बाताबरण भन्दा गाउँघरमा समेत बस्न नसक्ने र सडकमा बसेर मागी खाने अवस्था आउने उनले बताए।
उनले थपे – अहिले नेपालका अधिकास युवाहरू विदेशको खाडी मुलुकमा भौतारीने गरेको, दैनिक नेपाल शव आउने गरेको, विदेशमा गएर अङ्गभङ्ग हुने गरेको बेला त्यो लगानी लगाएर विदेशको जति दुख आफ्नै देशमा गरेर कृषि खेती, भैंसीपालन, बाख्रापालन लगायतका काम गरेमा आफ्नै देशमा केही गर्न सकिने भएकोले अब सबै विदेश भन्दा स्वदेशमा केही गर्नुपर्ने बताए।

















