News Portal

  • भैंसीपालनबाट मनग्ये आम्दानी

    हिमाली संचार संवाददाता
    ५८५ पटक
    इन्द्र बुढाथोकी

    ७ असोज २०७६ सल्यान : पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा एक अपांग व्यक्तिले भैंसीपालनबाट मनग्ये आम्दानी गरेका छन।

    कुमाख गाउपालिका वडा न २ खारखोलाका याम बहादुर बुढाले २ वर्ष देखि भैंसीपालन गरेर मनग्ये आन्दानी गरेका छन। १३ वर्ष देखि अस्थायी रुपमा सल्लीबजार बस्दै आएका बुढा पहिले गाडीमा सहचालक काम गर्दै आएका थिए।

    २ वर्ष अगाडि गाडी दुर्घटना हुदा उनको दायाँ खुट्टा भाचिएको छ। आफुले सामान्य भैंसी हेर्ने दुध बेच्ने काम गरे पनि श्रीमतीले नै घाँस ल्याउने काम गरेको र यसमा श्रीमतीले अलि बढी मेहनत गर्ने गरेको बुढाले बताए।

    ठुलो ३ वटा र सानो ३ वटा सहित ६ वटा भैंसी छन। २ वटा भैंसीले अहिले दैनिक २४ माना दूध दिने गरेको मासिक २५ हजारसम्म कमाई हुने गरेको छ। अहिले दुध सल्लीबजारमा नै खपत हुने गरेको र बजारको माग अनुसार बजारमा नै दूध पुर्‍याउन सकिएको छैन उनले बताए।

    साथै ३ रोपनी जग्गा वार्षिक १२ हजार रुपैया भाडामा तिरेर तरकारी गरिरहेको र अहिले आधा रोपनीमा घाँस र अर्को आधा रोपनीमा तरकारी खेत गरेर आफुले तरकारी खेतीबाट मासिक ८/९ हजार कमाउने गरेको बताएका छन।

    भैंसी पालन र तरकारी खेतीबाट गरेर मासिक ३५ हजार बनाउने र छोराछोरी पालन/पढाइ खर्च जुटाउन समस्या नभएको बताए।

    आफुले भैंसीपालन र तरकारी खेती नगरेको भए अहिले सायद बजारमा बस्ने बाताबरण भन्दा गाउँघरमा समेत बस्न नसक्ने र सडकमा बसेर मागी खाने अवस्था आउने उनले बताए।

    उनले थपे – अहिले नेपालका अधिकास युवाहरू विदेशको खाडी मुलुकमा भौतारीने गरेको, दैनिक नेपाल शव आउने गरेको, विदेशमा गएर अङ्गभङ्ग हुने गरेको बेला त्यो लगानी लगाएर विदेशको जति दुख आफ्नै देशमा गरेर कृषि खेती, भैंसीपालन, बाख्रापालन लगायतका काम गरेमा आफ्नै देशमा केही गर्न सकिने भएकोले अब सबै विदेश भन्दा स्वदेशमा केही गर्नुपर्ने बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...