News Portal

राजपा सांसद रेशम चौधरी रिहा गर्न प्रधानमन्त्री निवासमा छलफल

हिमाली संचार संवाददाता
४९९ पटक

६ असोज २०७६ काठमाडौं : राष्ट्रिय जनता पार्टीबाट कैलाली–१ मा निर्वाचित सांसद रेशम चौधरीलाई जेलमुक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको खुलेको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा लगाइएका मुद्दा फिर्ताका लागि बालुवाटारमा छलफल भएको खुुुलाएका हुन्।

‘टिकापुर घटनाका झुठा मुद्दा फिर्ता लिने विषयमा बालुवाटारमा कुरा भएको छ।

जनताबाट निर्वाचिन सांसदको ससम्मान रिहाई हुन सक्छ’, आइतबार सुनसरीको झुमकामा जितिया महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने,‘सबै झुठा मुद्दा सरकारले फिर्ता लिन सक्छ।

७ भदौ २०७२ मा टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।

उनले सो क्रममा थरुहट आन्दोलनमा पीडित बनाइएकाको न्यायका लागि सरकारले काम गर्ने पनि बताए। सोही मुद्दामा चौधरीसहित ५८ जना विरूद्ध अदालतमा मुद्दा परेको थियो।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...