News Portal

  • रिना हत्या काण्ड फेरि बल्झियो, रिनाकी आमा मिडियामा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ५१९ पटक

    ५ असोज २०७६ पथरी : पथरीकी रिना बस्नेतको मृत्यु प्रकरण अहिले पनि बेला बेलामा उठिरहेको छ तर यसलाई कसैले हत्या भने त कसैले मापसे गरेर झरेर मृत्यु भएको भने। अनुसन्धानमा थुप्रैलाई पक्राउ गरि प्रहरीले केरकार गर्‍यो।

    आमा बिष्णुमाया खड्काले छोरीको आत्महत्या नभएर हत्या नै भएको बताउँछिन्। उनलाई आत्महत्या भन्ने कुरामा रतिभर विश्वास छैन् तर, अनुसन्धान गर्ने निकाय प्रहरी प्रसाशन हो।

    प्रहरीले हत्या नभएर आत्महत्या भएको निश्कर्ष निकालेको छ तर बजारमा अझै रिनाको विषयमा टिकाटिप्पणी आईरहेको छ। ‘पथरीमा बजारमा पैसामा ढिसमिस भयो केस भन्नेहरु धैरै छन, तर तथ्यगत प्रमाण भने छैन्।

    रिनाको आमाले छोरीको हत्या भएको बताउछिन्। सबैलाई हत्या भएको भनेर थाहा छ तर राज्यले किन आत्महत्या भन्यो ? आमाको प्रश्न छ। रिनाको आमाले एकदिन न एकदिन बाहिर रहस्य आउने र हत्यारा पत्ता लाग्ने बताईन्।

    हामीलाई बाउआमा पनि बिके भनेर भनिएको रैछ आफ्नो सन्तान त्यस्तो अवस्थामा फेला पर्दा के तपाईहरु पैसा खान सक्नुहुन्छ, आमा बिष्णुमायाले गहभरी आँशु पार्दै भनिन्।

    २९ वर्षीया रिना बस्नेत मृत्यु प्रकरणको अन्तिम पोस्टमार्टम रिपोर्ट र अन्तिम प्रतिवेदनले उनको हत्या नभएको पुष्टि गरेको प्रहरीले बताएका थियो। प्रहरीले रिनासँग लामो समयदेखि सम्पर्कमा रहेका प्रतिष्ठित व्यापारीसहित ५० जनासँग सोधपुछ र अनुसन्धान गरेको थियो।

    रिनाका प्रेमी भनिएका मोरङको सुन्दरहरैंचा नगरपालिका–३ का कमल नेपाल, कमलकी पत्नी मनिता र रिना डेरा बस्ने फ्ल्याटमै बस्दै आएका मदन गुरागाईको पोलिग्राफ जाँच गरिएको थियो।

    रिपोर्टमा कुनै यौनजन्य क्रियाकलाप नभएको, मादक पदार्थ सेवन गरेको, करङ भाँचिएको, हतियार प्रहार नगरिएको, विष वा बेहोस बनाउने औषधि जन्य पदार्थको प्रयोग भएको नभेटिएको र टाउको तथा छातीको भित्री भागमा लागेको गम्भीर चोटका कारण रिनाको मृत्यु भएको प्रहरीको भनाई छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २६ गतेको राशिफल

    आज असोज २६, २०८२ (अक्टोबर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...