News Portal

स्याङ्जाका मृगौला पीडित गुरुङलाई कुवेतबाट ५८ हजार बढी रकम सहयोग

हिमाली संचार डटकम
८६२ पटक

कमल सिंह, कुवेत – स्याङ्जाको चापाकोट नगरपालिका वडा न. ७ बङ्ररादिका मिर्गौला पीडित ४२ बर्षिय कमल गुरुङको उपचारका लागि कुवेतबाट ५८,१६८ रुपैया आर्थिक संकलन गरि पठाईएको अभियान्ता घनश्याम बस्ताकोटीले हिमाली संचारलाई जानकारी दिए।

२ छोरा, १ छोरी र श्रीमती सहितको परिवारमा रहेका पीडित गुरुङलाई प्रेसर बढिरहने, टाउको दुख्ने लगाएतका रोगले सताउदै आएको थियोे। पछिल्ला समय उनलाई रोगले च्यापेपछी गत माघ महिनामा रोगको चेकजाच गर्दा दुबै मिर्गौला फेल भएको डाक्टरले पुष्टि गरेको थियो । हाल उनी पोखराको चरक हस्पिटलमा मिर्गौला डायलाइसिस गराईरहेका छन।

कुवेतमा रहेका हेमन्त गुरूँङ, घनश्याम बस्ताकोटी, बुधबहादुर बिक, मुक्त बहादूर बिक र डि बि भुसाल लगाएतका सामाजिक अभियान्ताले उक्त रकम संकलन गरि पीडित गुरुङलाई पठाईएका हुन।

यस अघि पीडित गुरुङको उपचारका लागि दुबईबाट पदम बहादुर घर्तिले ९,८०० रुपैया सहयोग गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...