News Portal

स्याङ्जाका मृगौला पीडित गुरुङलाई कुवेतबाट ५८ हजार बढी रकम सहयोग

हिमाली संचार डटकम
१००६ पटक

कमल सिंह, कुवेत – स्याङ्जाको चापाकोट नगरपालिका वडा न. ७ बङ्ररादिका मिर्गौला पीडित ४२ बर्षिय कमल गुरुङको उपचारका लागि कुवेतबाट ५८,१६८ रुपैया आर्थिक संकलन गरि पठाईएको अभियान्ता घनश्याम बस्ताकोटीले हिमाली संचारलाई जानकारी दिए।

२ छोरा, १ छोरी र श्रीमती सहितको परिवारमा रहेका पीडित गुरुङलाई प्रेसर बढिरहने, टाउको दुख्ने लगाएतका रोगले सताउदै आएको थियोे। पछिल्ला समय उनलाई रोगले च्यापेपछी गत माघ महिनामा रोगको चेकजाच गर्दा दुबै मिर्गौला फेल भएको डाक्टरले पुष्टि गरेको थियो । हाल उनी पोखराको चरक हस्पिटलमा मिर्गौला डायलाइसिस गराईरहेका छन।

कुवेतमा रहेका हेमन्त गुरूँङ, घनश्याम बस्ताकोटी, बुधबहादुर बिक, मुक्त बहादूर बिक र डि बि भुसाल लगाएतका सामाजिक अभियान्ताले उक्त रकम संकलन गरि पीडित गुरुङलाई पठाईएका हुन।

यस अघि पीडित गुरुङको उपचारका लागि दुबईबाट पदम बहादुर घर्तिले ९,८०० रुपैया सहयोग गरेका थिए।

प्रतिकृया दिनुहोस्

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...

नयाँ वर्षमा रवि लामिछानेको सन्देश: चुनौती सहेर अघि बढ्न आग्रह

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...