पढ्न आएका विद्यार्थीले पढाईलाई प्राथमिकतामा राख्न नेता शाहको सुझाव
२०७६ काठमाडौं २ असोज : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले ग्रामिण क्षेत्रबाट राजधानीमा पढन आएका विद्यार्थीहरुले पढाईलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताएका छन।
पुर्व उपाध्यक्ष शाहले हरेक सन्तानले आफ्ना अभिभावकको पसिनाको प्रतिफल खोज्नुपर्ने बताएका छन।
ताराकेश्वर विद्यार्थी समाजले ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा आयोजना गरेको दशै, तिहार, नेपाल संम्मत तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै शाहले गाउँबाट एसईई सकाएर राजधानीमा पढ्न आएका विद्यार्थीले आफ्ना आमा बाबाको पसिना र मेहनतलाई खेर जान नदिन पनि आग्रह गरे।
शाहले विद्यार्थी भनेका राष्ट्र बदल्ने संवाहक भएको भन्दै देशमा के भएको छ भनेर विद्यार्थीहरु अपडेट भइरहन पनि उनले सुझाव दिए।


















