News Portal

सुरक्षा निकायहरुलाई प्रविधिमैत्री बनाउन प्रदेश सरकारले सहयोग गर्ने

हिमाली संचार संवाददाता
४८४ पटक

तारा आचार्य 
विराटनगर ३० भदौ २०७६ : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सुरक्षा र सुशासन प्रदेश सरकारको पहिलो प्राथमिकता भएकाले सुरक्षा निकायहरुलाई प्रविधि मैत्री बनाउन सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रदेश सरकारको सहयोगमा जडान भएको सिसिटिभी क्यामेरा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सुरक्षा निकायहरुलाई साधन श्रोत सम्पन्न गराउन सकिए शान्ति सुरक्षा सुदृढ बनाउन सकिने बताउनु भयो।

उहाँले एक कार्यक्रम बीच प्रदेश सरकारको सहयोगमा जडान गरिएको सिसिटिभी क्यामेरा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा कायम गराउन समुदाय संगसंगै संघीय, प्रदेश र स्थानीय सरकारले पनि साधनश्रोतमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले प्रहरीलाई प्रविधि मैत्री बनाउन सके अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग पुगी शान्ति सुरक्षा सुदृढ हुने विश्वास दिलाउनु भयो।

प्रदेश सरकारको १ करोड १४ लाख रुपैयाँ सहयोगमा ६० किलोमिटर सडकमा फाइबर ओच्छ्याइएको छ भने ३७ वटा फिक्स्ड र २१ वटा पिटिजेड गरी ५८ वटा क्यामराहरु जडान गरेर निगरानी थालिएको हो।

३ महिनासम्म दृष्यहरु संरक्षित गरेर राख्न सकिने गरी जिल्ला प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय बेलबारी र पथरीमा डाटा स्टोरेज गर्ने प्रबन्ध मिलाइएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...