काठमाडौं, २३ भदौ : नेपाली कांग्रेसका नेता स्वर्गीय विपि कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेसका प्रभावशाली नेता पुर्वमन्त्री एनपि साउदको प्रमुख आतिथ्यतामा नेपाल विद्यार्थी संघले भोलि भदौ २४ गते वृक्षरोपण गर्ने भएको छ।
कार्यक्रममा पुर्वमन्त्री तथा पुर्वसांसद राजेन्द्र कुमार केशीको बिशिस्ट आतिथ्य रहने छ। नेपाल विद्यार्थी संघले आयोजना गरेको उक्त वृक्षारोपण कार्यक्रममा विभिन्न पार्टीका १० विद्यार्थी संगठनहरुका नेताहरूको पनि सहभागीता रहने नेपाल विद्यार्थी संघले जनाएको छ।
नेपाल विद्यार्थी संघले उक्त वृक्षारोपण कार्यक्रममा सबैलाई उपस्थित हुन आव्हान पनि गरेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
