News Portal

झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज तथा रचना वाचन कार्यक्रम सम्पन्न

हिमाली संचार संवाददाता
७५५ पटक

कुबेत – झापाली समाज कुवेतद्वारा आयोजित हरितालिका तीज २०७६ को शुभकामना आदानप्रदान तथा तीज बिशेष साहित्य रचना वाचन कार्यक्रम द्वाही प्यालेस ब्यान्क्युवेट हलमा विभन्न सर्जकहरुको साहित्य रचना वाचन गर्दै सम्पन्न भएको छ।

समाजका अध्यक्ष लोमस बास्तोलाको सभापतित्व र नेपाली दूतावासका लागि दित्तीय सचिव जानकी ओझाको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रमका संचालक समाजका महासचिव प्रसाद तिम्सीनाले गरेका थिए भने अतिथिहरुलाई मन्तब्यद्वारा स्वागत समाजका सदस्य राम न्यौपानेले गरेका थिए।

राष्ट्रिय गानको गुन्जनकासाथ सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि,बिशेष अतिथिहरु लगाएतको सामुहिक उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो।

महिलाहरुको लागि लक्षित गरेर तिज बिशेष कार्यक्रम गरिएको कार्यक्रममा साहित्यलाई पनि स्थान दिएर पृथक ढंगले अगाडी बढेको कार्यक्रममाको शुभकामना मन्तब्य दिनेहरुमा प्रमुख अतिथि जानकी ओझा, पत्रकार महासंघका महसचिव आनन्द आचार्य, परदेशी खबर डटकमका प्रधानसम्पादक नैनकला राई, माउन्ट एभरेष्ट क्लबका अध्यक्ष इन्द्र पोख्रेल, एनआरएन कुवेतका कोषाध्यक्ष पूर्ण श्रेष्ठ, एनआरएन कुवेतका पूर्व अध्यक्ष सुमित्रा पौडेल, साँस्कृतिक मंचका पूर्वअध्यक्ष माधव शर्मा, हिमाली संचारडटकमका प्रधानसम्पादक हरि बानियाँ, झापाली समाजका संरक्षक ध्रुबकुमार सङ्ग्रौला लगाएतले दिएका थिए।

त्यसैगरि साहित्य वाचन कार्यक्रममा सर्जकहरु निरुमाया खड्का, हिमाल अन्जान, नैनकला राई, तिलाचन बस्याल, सृजना पाण्डे, राज श्रेष्ठ, प्रबिण आचार्य, अमर खड्का लगाएतले रचना वाचन गरेका थिए।

कार्यक्रममा कलाकारहरुले गित तथा नृत्यको धमाकेदार प्रस्तुति दिदै अत्यान्तै मनोरन्जानात्मक माहोल बनेको थियो भने बीच बिचमा तिजको गीतमा दिदीबहिनी र दाजुभाइहरुले सामुहिकरुपमा छमछमी नाच्दै रमाइलो गरेका थिए।

आयोजकले हलमा साहित्य वाचन गर्ने सबै सर्जकहरुलाई सम्मान पत्रले सम्मान गरेका थिए भने उपस्थित दिदीबहिनीहरुलाई दर तथा भोजको पनि ब्यबस्था गरेको थियो l

अन्तमा सभापति लोमस बास्तोलाले यस कार्यक्रम सफल पार्नको लागि प्रतक्ष अप्रतक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...