News Portal

युएईका नेपालीले पनि मनाए आदिवासी जनजाती दिवस

हिमाली संचार संवाददाता
९४९ पटक

युएई – रोजगारीका लागि युएई आएका नेपालीहरुले २४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस भव्यताका साथमा विविध कार्यक्रम गरी मनाएका छन् ।

साउन २५ गते शुक्रबार दुबईको काल्ट्न टावर होटेलमा आयोजित एक कार्यक्रमबीचमा आदिवासी दिवस मनाइएको नेपाली आदिवासी जनजाति महासंघ युएई शाखाका अध्यक्ष पासाङ शेर्पाले अनलाइनखबरलाई जानकारी दिए ।

परम्परागत भेषभुषामा सजिएर आएका सातै वटा इमिरेट्सका दर्शकहरूले हल भरिएको थियो । ११ वटै जातीय संस्थाले आ-आफ्नो झाँकी प्रदर्शन गरेका थिए । उत्कृष्ट झाँकी नेवाः पुच युएई र उत्कृष्ट स्टल तामाङ समाज युएई भए । कार्यक्रममा ११ वटा जातीय संस्थाहरुको सहभागिता थियो ।

२४ औं विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा शेर्पा किदुग युएई लगायत अन्य जातीय संस्थाहरुले आफ्नो धर्म, संस्कृति तथा रितिलाई संरक्षण तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आफ्ना परम्परागत पोशाक तथा गहनाहरुलाई विश्व सामु चिनाउनको निम्ति बिशेष पहल गरी स्टलहरु राखेका थिए ।

अनौपचारिक कार्यक्रममा स्थानीय कलाकारहरुले विविध मनोरञ्जनात्मक नृत्य र गीतहरुको प्रस्तुति दिएर कार्यक्रमलाई संगीतमय बनाउँदै दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

युएईमा कार्यरत सबैको सहयोग र व्यापक सहभागीताका कारण कार्यक्रम भव्य रुपमा सफल भएको महासंघ युएईका अध्यक्ष शेर्पाले बताए । उनले सबै आमन्त्रित अतिथि, कलाकार, पत्रकार, ११ जातीय संस्थाका प्रतिनिधि लगायतलाई प्रवासमा पनि आफ्नो संस्कृति, परम्परा र रितिरिवाज जिवन्त राखेकोमा धन्यवाद दिए ।

आदिवासी जनजाती महासंघ युएईको अग्रसरतामा आयोजित उक्त कार्यक्रममा नेपाली राजदूतावास अबुधाबीका कार्यवाहक राजदूत सागर फुयाल प्रमुख आतिथि रहेका थिए । कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत फुयालले युएई सरकारले अवैध रूपमा युएईमा रहेकाहरुलाई आममाफी दिएको हुँदा यो अवसरको सदुपयोग गर्न आग्रह गरे ।

बिशेष अतिथि नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले आदिवासी जनजातीहरुले उठाएका हरेक मुद्दाहरु सरकारले छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै अर्का बिशेष अतिथि महासंघका प्रमुख संरक्षक डेरराज गुरुङले उत्पीडित, अल्पसंख्यक र आदिवासी जनजातीहरुको हक र अधिकारको लागि संयुक्त राष्ट्रसंघले १९९४ मा आदिवासी जनजातीहरुलाई सूचिकृत गरी हक अधिकारका लागि लड्न मद्दत गरेको बारे चर्चा गरेका थिए ।

कार्यक्रममा हालै भुवन थापा मगरको नेतृत्वमा गठन गरिएको आदिवासी जनजाती कलाकार महासंघको नयाँ कार्यसमिति घोषणा गरियो । साथै अगस्ट ३ तारिक अनिष तामाङको नेतृत्वमा गठन गरिएको आदिवासी जनजाती पत्रकार महासंघका पदाधिकारीहरुलाई प्रमाणपत्र सहित आधिकारिक घोषणा गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संयोजक सुरेन्द्र थिङ्ग तामाङले राखेका थिए भने कार्यक्रमको अध्यक्षता पासाङ रिन्छि शेर्पाले गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुखहरु, बुद्धिजीवी, पत्रकार र व्यवसायीहरूको उपस्थिति थियोे । कार्यक्रमको सञ्चालन आदिवासी जनजाति महासंघ युएईका महासचिव सुनिल घिसिङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...