News Portal

उर्लिदो भेरी नदिमा युवाहरूले यसरी मनाए भेल खेल्ने पर्व

हिमाली संचार संवाददाता
७४६ पटक

इन्द्र बुढाथोकी/सल्यान
सल्लिबजार १, भदौ – सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१ अम्राका स्थानीय युवाले आइतबार भदौ १ गतेलाई भेल (पौडी) खेल्ने चाडका रूपमा मनाएका छन्।

देवस्थलको बनगाड खोलाको मोड देखि अम्रा सम्म ३ किलोमीटर पौडी खेलेर अम्राका २०/२५ जना युवाहरूले पौडी खेलेर घ्युया सक्रान्ति तिहार अथवा पौडी खेल्ने पर्व सधैका वर्ष जसरी यस वर्ष पनि मनाएको स्थानीय युवा दोर्ण यरिले जानकारी दिएका छन।

“कोहि जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पिंङ्ग खेलेर रमाईरहेका थिए। जंगलबाट काटेर ल्याएको कैयार(खर) बुढापाका र युवाले संयुक्त रूपमा बाटेर पिंङ्ग निर्माण गर्ने वताईन्छ।”

यरिका अनुसार चाडपर्वको आगमन जनाउने यो चाड परम्परागत रुपमा मनाइदै आएको छ। हरेक वर्षको भदौ १ गते दिनका उक्त गाउँमा भुई छोड्ने भनेर युवाहरु भेल खेल्ने र महिला तथा बालबालिका जंगल पुगेर पिंङ्गको लागि कैयार(खर) काटेर ल्याउने चलन रहेको छ।

कोहि जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पिंङ्ग खेलेर रमाईरहेका थिए। जंगलबाट काटेर ल्याएको कैयार(खर) बुढापाका र युवाले संयुक्त रूपमा बाटेर पिंङ्ग निर्माण गर्ने वताईन्छ। भेरीमा युवाहरुले भेल खेल्दा पून्य प्राप्ती हुने धार्मिक मान्यता समेत रहेको यरिको भनाई छ।

पछिल्लो पुस्ताले भेल खेल्ने पर्वलाई विर्सिए पनि वुढापाकाहरु अझै भने यसको महत्व निकै रहेको वताउने गरेका छन्। अम्राका स्थानिय वृद्धहरुका अनुसार पहिले पहिले टाढाटाढाबाट भेरीमा भेल खेल्ने आउने गरेको वताए।

तर आज भोलि यो पर्वलाई खासै महत्व नदिएको उनीहरुको भनाई छ। भाद्र संक्रान्तीका दिन मनाइने यो पर्वको धार्मिक महत्व रहेको जनाएको छ। विगत जस्तै यसपाली पनि भेरी नदिमा भेल खेल्नको लागि देवस्थलको बन्गाड खोलाकोमोडबाट भेल खेल्दै स्थानीय युवाहरु ठिग्नी र अम्रा नजिकै उत्रेका थिए।

उलिर्दो भेरीको भेलमा धेरै युवाहरु कम्मरमा ‘चिन्ना’ वाँधेर उक्त भेलमा पसेका थिए। ठुलो युवा जमात लहरै लागेर उर्लिदो भेरी नदिमा डुवुल्की मार्दै उनिहरु भेलमा आनन्द लिरहेका थिए।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...