News Portal

एनआरएनए जापानको युवा संयोजकमा राजकुमार अधिकारीको उम्मेदवारी घोषणा

हिमाली संचार संवाददाता
६४१ पटक

धादिङ्  जिल्लाको उत्तरी गाउँ गंगाजमुना गाउँपालिकाको फुलखर्कमा जन्मिएका अधिकारी सन २००७ देखि जापानमा रहँदै आएका छन् । अधिकारीले हाल जापानको नागोयामा व्यवसाय संचालन गर्दै आएका छन् ।सन २०१० देखिनै आफ्नो पेशा व्यवसायका साथ सामाजिक कार्यमा क्रियाशील अधिकारी एनआरएनए जापानको वर्तमान कार्यसमितीमा पनि सदस्य पदमा क्रियाशील  छन् । यसका साथै उनि धादिङ् समाज जापानको सल्लाहकार पनि हुन् ।जापानका विभिन्न सामाजिक संस्थाहरुमा स्वयमसेवा गरेका अधिकारी, जापानमा रहेका नेपाली विद्यार्थी/ कुक तथा अन्य विभिन्न भिसा स्टाटसमा रहेका व्यक्तिहरुको सेवामा निरन्तर लाग्दै आएका छन् ।

गैरनाफामुलक संस्थाको माध्यमबाट नेपालमा पनि आर्थिक तथा अन्य विविध सहयोगमा जुटिरहेका अधिकारी, जिम्मेवार पदमा रहेर अझ जिम्मेवारी पूर्ण कार्य गर्नका लागि पनि यस पटकको अधिवेशनमा सो, पदकोलागि आफ्नो दावेदारी रहेको बताउँछन् ।
नागोया क्षेत्रमा रहेर, एनआरएनए अभियानलाई भरपुर सहयोग गरिरहेका अधिकारी, केन्द्रीय समितीको युवा संयोजकको पदमा रहि जापानवासी गैरआवासीय नेपालीहरुको हकहितका लागि अझ बढि सक्रियताका साथ लाग्ने प्रतिवद्दताका साथ उम्मेदवारी घोषणा गरेको बताउँछन् । यदि आफु युवा संयोजक पदमा चयन भएको खण्डमा,एनआरएनए जापानको प्रत्येक क्षेत्रलाई समेटेर युवाहरुलाई सक्रिय बनाई जापानमा सिकेको सिप र गरेको आर्जनलाई जन्मभूमीको हितमा लगाउने बताउने अधिकारी, नेपालको पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सम्बन्ध विस्तारका लागि महत्वपूर्ण भुमिका खेल्ने दावी गर्दछन् ।
सामाजिक रुपमा हालसम्म कुनैपनि आरोप नलागेका अधिकारी, एक स्वच्छ र ईमान्दार छबी भएको एनआरएनए अभियन्ता हुन् ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...