News Portal

कुवेतमा घरेलु महिला कामदारको मृत्यु, बंगलादेशी नागरिकले हत्या गरेको आशंका

हिमाली संचार संवाददाता
९०४ पटक

कुवेत, ५ अगस्ट : वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी १ नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको सोमबार बिहान सबेरै उनी बस्दै आएको फर्वानियास्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका गरिएको छ ।

कुवेतको सिभिल आइडी नं.२७८०४१८०६९३९ भएकी र घरेलु कामदार भए पनि मिना फर्वानिया ब्लक -३ स्थित आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । प्राप्त जानकारी अनुसार उनीसँगै बस्ने बंगलादेशी नागरिक फरार छन् भने फ्ल्याट धनीले प्रहरीलाइ खबर गरेपछि प्रहरीले मृतकको शरीर पोष्टमार्टम लगायतका फरेन्सिक परिक्षणको लागि लगिसकेको छ ।

दुई दिन अगाडि मात्रै पनि मंगाफमा १ नेपाली पुरूष कामदारको मृत्यु भएको थियो।

घटनाको सम्बन्धमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गर्दा द्वित्तिय सचिव जानकी ओझाले मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी पाएको बताउँदै हत्या वा मृत्यु के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै कानूनी प्रकृया पश्चात पोष्टमार्टम रिपोर्ट र फरेन्सिक रिपोर्ट प्राप्त भएपछि जानकारी हुने बताउँदै सम्पुर्ण कागजात प्राप्त भएपछि मृतकको नेपालको घर ठेगाना पत्ता लगाइ जति सक्दो छिटो प्रकृया पुरा गरी शब नेपाल पठाउने बताइन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...