News Portal

नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारमा जोडिए २ मातृ संस्थाहरु

हिमाली संचार संवाददाता
६३६ पटक

कतार, ३ अगस्ट : दोहा यहास्थित नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले हिजो शुक्रबार एक विषेस कार्यक्रम गरी ताजपुरिया समाज कल्याण परिषद शाखा कतार र नेपाली प्रवासी दराई संगठन कतार २ सामुदायिक मातृ संस्थालाई सहभागी गराई महासंघमा आवद्ध गराइको छ ।

महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलले महासंघका सल्लाहकारहरु र महासंघमा आबद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा पदाधिकारिहरुको उपस्थितिमा थप नयाँ दुर्इ मातृ संस्थालाई भव्य स्वागत गर्दै महासंघमा जोड्नु भएँको हो ।

संस्थाका संस्थापक सदस्य दिल किरण खजुम लिम्बुले महासंघको संक्षिप्त्त इतिहास बताउदै अब यसरी नै सबै जनजाति संस्थाहरुलाई महासंघले जोड्दै सहयोग र समन्वय गर्दै एक ढिक्का भैइ अघि बढ्दै आदिवासी जनजातिहरुको साझा मुद्धामा एक भै प्रवासमा रहेर गर्न सकिने काम गर्दै जानु पर्ने प्रस्ट्याउनु भयो ।

विषेस कार्यक्रममा नवा आगन्तुक संस्थाहरु लगाएत सम्पुर्ण उपस्थित संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई महासंघ कतारका उप महासचिब एकराज राईले स्वागत भनाईका साथ स्वागत गरेँ।

आफूहरू आधिकारिक रुपमा सम्पुर्ण जनजाति संस्थाहरुको छाता सङ्गठन महासंघ कतारमा आबद्ध हुन पाउदा आफ्नो मुल घरमा आएको महशुस भएँको बताउदै आगामी दिनमा कसरी हुन्छ समन्वय गर्दै अगाडी बढ्न तयार रहेको नव मातृ सस्था ताजपुरियाका अध्यक्ष रविलाल ताजपुरिया र दनुवारका कार्यवहाक अध्यक्ष विचु कुमार सिङ दनुवारले बताउनु भयो।

उपस्थित सम्पुर्ण मातृ संस्थाका प्रमुखले पनि नव मातृ संस्थाका प्रमुख र सदस्यहरुलाई छाता सङ्गठनमा सहर्षका साथ खादा ओढाई स्वागत गरेँ ।

स्मरण रहोस हालसम्म १३ मातृ सस्था रहेकोमा अब थप दुर्इ समावेस भैइ नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा मातृ संस्था १५ पुगेको छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...