News Portal

एनआरएनए कुवेतको उपाध्यक्षबाट पुडासैनीको उम्मेदवारी फिर्ता, लामा र गिरीको कायमै !

हिमाली संचार संवाददाता
८०८ पटक

कुवेत, ३१ जुलाई : एनआरएनए एनसीसी कुवेतको आसन्न छैटौं राष्ट्रिय महाधिवेशन पछि नयाँ बन्ने कार्य समितिमा रहेर कार्य गर्न इन्छुक उपाध्यक्ष पदका उम्मेदवार उमेश पुडासैनीले राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा आफ्नो उम्मेदवारी बुधबार फिर्ता लिएका छन्।

नयाँ (२०१९-२०२१) बन्ने कार्यसमितिमा उपाध्यक्ष पदको एक सिट छोडेर अन्य पदमा सिट अनुसारकै उम्मेदवारी परेको थियो भने उपाध्यक्ष पदको लागि बर्तामान सचीव उमेश पुडासैनी, राना ध्वज लामा र होम नाथ गिरीको उम्मेदवारी परेको थियो।

एक पदको लागि ३ जनाको उम्मेदवारी परेपछि आपसी छलफल र सहमतिमा निर्विरोध उम्मेदवार बनाउन निकै नै कसरत चलेको थियो। पुडासैनीले उम्मेदवारी फिर्ता लिएपछि अब बाँकी रहेका २ जना उम्मेदवारहरु उपाध्यक्ष पदको प्रत्यासीको रुपमा मैदानमा रहेका छन् । उनीहरु बिच पनि छिट्रटै नै सहमतिमा आउने निर्वाचन समितिले जनाएको छ।

एनसीसी कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन पर्सि शुक्रबार २ अगष्ट २०१९ को दिन कुवेतको INN & Go Hotel मा आयोजना गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...