News Portal

एनआरएनए कुवेतको उपाध्यक्षबाट पुडासैनीको उम्मेदवारी फिर्ता, लामा र गिरीको कायमै !

हिमाली संचार संवाददाता
८४१ पटक

कुवेत, ३१ जुलाई : एनआरएनए एनसीसी कुवेतको आसन्न छैटौं राष्ट्रिय महाधिवेशन पछि नयाँ बन्ने कार्य समितिमा रहेर कार्य गर्न इन्छुक उपाध्यक्ष पदका उम्मेदवार उमेश पुडासैनीले राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा आफ्नो उम्मेदवारी बुधबार फिर्ता लिएका छन्।

नयाँ (२०१९-२०२१) बन्ने कार्यसमितिमा उपाध्यक्ष पदको एक सिट छोडेर अन्य पदमा सिट अनुसारकै उम्मेदवारी परेको थियो भने उपाध्यक्ष पदको लागि बर्तामान सचीव उमेश पुडासैनी, राना ध्वज लामा र होम नाथ गिरीको उम्मेदवारी परेको थियो।

एक पदको लागि ३ जनाको उम्मेदवारी परेपछि आपसी छलफल र सहमतिमा निर्विरोध उम्मेदवार बनाउन निकै नै कसरत चलेको थियो। पुडासैनीले उम्मेदवारी फिर्ता लिएपछि अब बाँकी रहेका २ जना उम्मेदवारहरु उपाध्यक्ष पदको प्रत्यासीको रुपमा मैदानमा रहेका छन् । उनीहरु बिच पनि छिट्रटै नै सहमतिमा आउने निर्वाचन समितिले जनाएको छ।

एनसीसी कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन पर्सि शुक्रबार २ अगष्ट २०१९ को दिन कुवेतको INN & Go Hotel मा आयोजना गरिएको छ ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...